आज :

सरकारको निर्देशन लत्याउँदै बीमा कम्पनी, के तीन दिनभित्र कोरोना बीमा दाबी भुक्तानी गर्लान ?

काठमाडौं । एक हप्ताभित्र कोरोना बीमा दाबी भुक्तानी गर्न दिएको निर्देशनको पालना नगरेका बीमा कम्पनीलाई सरकारले फेरि अर्को निर्देशन दिएको छ । विहीबार अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको हो ।

एक हप्ताभित्र दाबी भुक्तानी गर्न दिएको निर्देशनपछि आलटाल गरेपछि सरकारले तीन दिने निर्देशन दिनु परेको छ । मन्त्रालयले यसअघि नै बीमा समितिमार्फत बीमा कम्पनीलाई दाबी गरेको एक हप्ताभित्र भुक्तानी गरिसक्न भनेको थियो । बीमकले सास्ती झेल्नुपरेको भन्दै विरोध हुन थालेपछि मन्त्रालयले बीमा समितिलाई पत्र लेख्दै बीमा दाबी भुक्तानी गरेको विवरण दैनिकरूपमा जानकारी गराउन समेतनिर्देशन दिएको छ ।त्यस्तै, भेरिफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन यथाशीघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देश गरेको छ ।

मन्त्रालयले कोरोना बीमाको हालसम्मको दाबी सङ्ख्या, कागजात पूरा भएका दाबी सङ्ख्या, भेरीफिकेशनका लागि स्वास्थ सेवा विभागमा पठाएको सङ्ख्या, भेरीफिकेशन नभएका वा नक्कली दाबीको विवरण र दाबी भुक्तानीको विवरण तथा सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकीको विवरण नियमित सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीका अनुसार दाबी भुक्तानीमा देखिएका समस्या, भुक्तानी गर्न बाँकी विवरण र समस्या समाधानका लागि बीमा समितिबाट भइरहेको प्रयासका बारेमा पनि जानकारी गराउन भनिएको छ ।  कोरोना बीमा दाबी भुक्तानीलाई सरल बनाउन मन्त्रालयलबाट सहजीकरणका लागि गर्नुपर्ने पहलकाबारेमा पनि जानकारी गराउन समितिलाई आग्रह गरिएको छ ।

यसअघि सात दिनभित्र सबै दाबी भुक्तानीको कार्य सम्पन्न गर्न निर्देशन दिएको भए पनि हालसम्म न्यून सङ्ख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमितरुपमा यस मन्त्रालयमा प्राप्त नभएको एवं बीमा समितिको हटलाइन फोन सेवा सञ्चालन भएको नपाइएको तथा अन्य निर्णयसमेत प्रभावकारी ढङ्गमा कार्यान्वयन भएको नपाइएको गुनासो आएपछि मन्त्रालयले बीमा समितिलाई पुनः निर्देशन दिएको छ ।

बीमा गराउँदा घरघर पुग्ने तर भुक्तानी गर्दा महिनौं फाइल अड्काउने बीमा कम्पनीको पुरानै रोग हो । सरकारको यो निर्देशनको पनि पालना हुनेमा आशंका उत्पान्न भएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal