आज :

(नेकपा) को विवादको जिल्लामा प्रभावः जुम्लामा दर्जनौं नेता-कार्यकर्ता काँग्रेसमा प्रवेश

सुर्खेत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवादको नकारात्मक असर जिल्लामा पर्न थालेको छ । जिल्लामा पार्टी एकता नटुंगिँदै विवाद सुरु भएपछि जिल्ला नेताहरु निरास हुँदै अन्य पार्टीमा प्रवेश गर्न थालेका छन् ।

एकता प्रक्रिया बाँकी नै रहेका कारण जिल्लाका नेता कार्यकर्ता कामविहीन भएका छन् । लामो समयदेखि पार्टी बैठक तथा कमविहीन भएपछि कार्यकर्ताहरु अन्य पार्टीमा प्रवेश गर्न थालेका हुन् ।

जुम्लाको हिमा गाउँपालिकामा (नेकपा) परित्याग गरी एक दर्जन नेता-कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीका अनुसार हिमा गाउँपालिकाको वडान-१ का (नेकपा) का स्थानीय नेता अलि शाही,जयलाल अधिकारी,हर्कमान सार्कि, गुम सार्की,धर्म राेकाया, झुमा राेकाया, बेटना शाहीलगायत काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई काँग्रेस जुम्लाले स्वागत गरेको छ ।

उनीहरुले (नेकपा) जनताको पक्षमा नलागी आन्तरिक विवादमा फसेको र जिल्लाका नेता कार्यकर्तालाई वेवास्ता गर्ने गरेका कारण आफूहरु काँग्रेसमा प्रवेश गरेको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal