आज :

अन्ततः पौडेलले गरे पुल उद्घाटन, काँग्रेसका सयौं नेता-कार्यकर्ता सहभागी

काठमाडौँ । अन्ततः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दीखोला पुल उद्घाटन गरेका छन्। बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम विहीबार पौडेलले नै रिबन काटेर पुल उद्घाटन गरेका छन् ।

सयौं कार्यकर्ताहरुको जुलुससहित पौडेल पुल उद्घाटनका लागि पुगेका हुन्। बुधबार प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि पुल उद्घाटन रोकिएको थियो ।

तनहुँ व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटन गर्ने तय भएको थियो। सत्तारूढ दल नेकपाका कार्यकर्ताले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।

निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेललाई हिजो तीन घण्टा तनहुँ प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।

कांग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको हो। कांग्रेसले आज जिल्लाभरका नेता कार्यकर्तालाई पुल उद्घाटन क्षेत्रमा उतारेको छ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेललगायत पनि तनहुँ पुगिसकेका छन्। पुल उद्घाटन अघि जिल्ला पार्टी कार्यालय दमौलीबाट भब्य जुलुस निकालिएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal