आज :

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटनाः यी हुन् बेहुला-बेहुलीसहित घाइते १३ जना

धनगढी । बेहुला-बेहुलीसहित जन्ती बोकेको गाडी दुर्घटनामा परी घाइते भएका १३ जनाकै पहिचान भएको छ । गएराति कैलालीको गोदावरीमा जन्ती बोकेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा परी घाइते भएकाहरुको परिचय खुलेको छ।

गएराति जन्ती बोकेको गाडी दुर्घटनामा परी घाइते भएकाहरुको परिचय खुलेको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र बेहुली बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ वर्षीया डम्मरा लावड रहेका छन।

त्यसैगरी दुर्घटनामा परी घाइते हुनेमा बैलौरी नगरपालिका वडा नम्बर ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिश लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका–८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार–६ बस्ने २० वर्षीय अर्जुन लुहार, कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका–३ बस्ने ७ वर्षीय प्रदीप चौधरी, कञ्चनपुरकै बेलौरी नगरपालिका–३ का २७ वर्षीय निर्मल चौधरी, २५ वर्षीया राधा चौधरी घाइते भएका छन् ।

त्यस्तै, दोगडाकेदार गाउँपालिका–६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका–३ बस्ने २१ वर्षीय राजु कार्की र चालक पुनर्वास नगरपालिका–२ का बिरबहादुर सार्की घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको अत्तरियाको पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये ४ जनाको अवस्था ग‍म्भीर छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal