News Portal

सिमकोट विमानस्थलमा आगलागी, पानी जमेकोले नियन्त्रणमा लिन समस्या

डबली संवाददाता२०७७ मंसिर १८ गते
१०५ पटक

सुर्खेत । हुम्लाको सिमकोट विमानस्थलमा आगलागी भएको छ । विहीबार विहान अचानक विमानस्थलका प्रमुख बस्ने क्वाटरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रकास सुवेदीका अनुसार आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहरि निस्केपछि मात्रै आगालागी भएको जानकारी भएको थियो । आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।

हुम्लामा चिसोका कारण पानी जमेको छ । पानी जमेका कारण आगो नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी बताउँछन् । नेपाल सेना, ससस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयले आगो नियन्त्रणमा लागि जुटिरहेको भन्दै गिरीले आगो नियन्त्रणमा  आउने विश्वास लिएका छन् ।

हुम्ला सदरकुमाका सिमकोट माथिल्लो बजारमा हरको विमानस्थलमा कामगर्ने कर्मचारीको क्वाटरबाट आगो लागेको थियो ।

 

प्रतिकृया दिनुहोस्