News Portal

प्रचण्डले ‘आरोप पत्र’ फिर्ता नलिएसम्म कुनै पनि बैठक जाँदैनः ओली

डबली संवाददाता२०७७ मंसिर १७ गते
९७ पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी भएनन् । ओली सहभागी नभएपछि बैठक विषयमा प्रवेशै नगरी तीन दिनसम्मको लागि स्थगित भएको छ ।

अर्का अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावलाई आरोप पत्र भन्दै फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने बताएका छन् । मंगलबार ओली र प्रचण्डबीच भनाभन भएको थियो । ओलीले प्रचण्डलाई माफी मागेर प्रस्ताव फिर्ता लिन भनेपछि चर्काचर्की भएको थियो । ओलीले बैठकमा सहभागी नहुने भन्दै निस्किएका थिए । तर, बुधबार बस्ने बैठकमा सहभागी हुने संकेत ओलीले गरेका थिए । बैठक १ घण्टा पछि सारियो ।

बैठकमा ओली सहभागी नभएपछि औपचारिक विषयमा प्रवेश नगरी ‍मंसिर २० गतेसम्मलाई स्थगित गरिएको छ । ओलीलाई दिनसम्म सोच्ने समय दिँदै बैठक स्थगित गरिएको बताइएको छ । बैठकमा ओली बाहेक ८ जना सचिवालय सदस्य सहभागी थिए तर औपचारिक विषयमा प्रवेश गर्न नसकेन ।

आजको बैठक स्थगित गरिएसँगै १८ गते बोलाइएको स्थायी समिति बैठक प्रभावित भएको छ । मंसिर २० गते हुने बैठकमा ओलीको सहभागिता हुने अपेक्षा नेताहरुले गरेका छन् ।

बैठकमा ओली सहभागी नभएको भन्दे प्रचण्डले स्थगित गर्ने प्रस्ताव गर्दाे वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले आक्रोस पोखेका थिए । एक जनाका कारण बैठक स्थगित गर्न नहुने नेपाल र खनालको जोड थियो । उनीहरुले ओलीको चर्को विरोध समेत गरेका थिए । नेपाल र खनालले ओली सहभागी नभएपनि बहुमतको निर्णय गरेर अगाडि बढ्नुपर्ने बताएका थिए ।

ओलीलाई बैठकमा सहभागीताको लागि तयारीको लागि ३ दिनको समय दिएइएको छ । तर तीनमा हुने बैठकमा ओली सहभागी हुने कुनै एकिन छैन । ओलीलाई थप तीन समय दिने सबै नेता सहमत भएका थिए ।

बुधबार नै बालुवाटारमा प्रधानमन्त्री ओलीले आफू निकट केही नेताहरुलाई बोलाएर छलफल गरेका छन् । स्रोतका अनुसार ओलीले प्रचण्डले प्रस्ताव फिर्ता नलिएसम्म कुनै पनि कमिटीको बैठक बस्न नसक्ने बताएका थिए । प्रचण्डको प्रस्तावलाई आरोप पत्र भन्दै माफी मागेर फिर्ता नलिएसम्म कुनै पनि कमिटीको बैठकमा आफू सहभागी नहुने छलफलमा नेताहरुलाई जानकारी दिएको स्रोतको दाबी छ।

ओलीले यति मात्रै होइन बैठकबाट कुनै निर्णय गरे प्रचण्डलाई कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस्