आज :

(नेकपा)को सचिवालय बैठक २ बजे, ओली पनि सहभागी हुने 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सरेको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको व्यस्ताका कारण २ बजे बस्ने भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताएका छन् ।

आजको बैठकमा ओली अन्ततः सहभागी हुन सहमत भएका छन् । हिजोकै बैठकबाट यस्ता बैठकमा सहभागी नहुने भन्दै ओली बाहिरिएका थिए । बुधबार विहानसम्म पनि ओलीले बैठकमा नआउने बताइरहेका थिए । तर ओली निकट दोस्रो पुस्ताका नेताहरुले बैठकमै गएर मुकाविला गर्न सुझाव दिएका थिए ।

प्रचण्डले बैठकमा पेश गरेको प्रस्ताव फिर्ता नभएसम्म बैठकको ‍औचित्य नभएको ओलीले बताउँदै आएका थिए । मंगलबारको बैठकमा पेश गरिएका प्रस्तावमा छलफल गर्न ओली तयार नभएपछि बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal