आज :

कोरोना संक्रमणबाट विहानै थप तीन जनाको ज्यान गयो

काठमाडौं । कोरोनाका कारण दाङ र गुल्मीमा गरी थप तीन जनाको ज्यान गएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ५६ वर्षीय पुरुषको बुधबार बिहान करिब ५ बजे उपचारको क्रममा नेपालगंजमा निधन भएको हो ।

कोरोना परीक्षण गराउँदा मंसिर ७ गते संक्रमण पुष्टि भएको थियो । उनको भेरी अस्पतालको कोभिड-१९ आइसोलेसनमा भर्ना भएका थिए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अक्सिजन थेरापी र प्लाज्मा थेरापीसमेत गरिएको थियो ।

त्यसैगरी पाल्पा र स्याङजाका थप एकएकजना कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गएको छ । उनीहरुको उपचारको क्रममा बुधबार विहान पाल्पामा निधन भएको हो ।

पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुषको बुधबार विहान निधन भएको छ । मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएपछि १४ गते अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

त्यस्तै, स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान निधन भएको छ । मंसिर १ गते अस्पताल भर्ना भएका उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal