आज :

(नेकपा)को विवाद झन् चर्कियोः ओली आजको बैठकमा नआउने

काठमाडौं । सत्तारुढ (नेकपा)को सचिवाय बैठक आज पनि बस्दैछ । आजको बैठकमा उपस्थित नहुने ओलीले हिजै जानकारी दिएर निस्किएका थिए । बैठकमा पेश भएका दुबै प्रस्तावमाथि छलफल हुनुप‍र्ने प्रचण्डसहितका नेताहरुले अडान राखेपछि ओली बाहिरएका थिए ।

स्रोतका अनुसार बुधबार विहानै ओलीले महासचिव विष्णु पौडेललाई जानकारी गराएका छन् । ओलीले नआउने बताएपछि आज दिउँसो बस्ने भनिएको बैठकबारे अन्योलता थपिएको छ । विहान ९ बजेसम्म महासचिव पौडेलले बैठकबारे सचिवालयका सदस्यलाई कुनै खबर गरेका छैनन् ।

महासचिव पौडेल र सचिवालय सदस्य इश्वर पोखरेल ओलीलाई बैठकमा उपस्थित हुनुपर्ने भन्दै छलफल गरिरहेका छन् । पोखरेलले बैठकमा सहभागी नहुँदा अनर्थ लाग्ने भन्दै ओलीलाई बैठकमा सहभागी हुन आग्रह गरेको एक नेताले बताए ।

मंगलबारको बैठकमा ओली र प्रचण्डबीच बाझाबाझ भएको थियो । ओलीले प्रचण्डले पेश गरेको प्रस्ताव माफी मागेर फिर्ता लिनुस् भनेपछि विवाद बढेको थियो । बैठक सुरु भएपछि प्रचण्डले दुबै प्रस्तावमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने बताएलगत्तै ओलीले खण्डन गर्दै त्यस्ता प्रस्तावमाथि छलफल गरे पार्टीका साख गिर्ने बताएका थिए ।

ओलीले प्रचण्डको प्रस्ताव आरोपपत्र मात्रै भएकोले छलफल गर्न सकिने बताउँदै माफी मागेर फिर्ता लिनु पर्ने बताएका थिए । त्यसपछि महासचिव बाहेक सबै नेताले ओलीको आलोचना गरेका थिए ।

नतेाहरु आजको बैठकमा कार्तिक २८ गते पेश गरेको प्रचण्डको प्रस्ताव र मंसिर १३ मा ओलीले पेश गरेका प्रतिवेदनमाथि छलफल गर्नुपर्ने धारणा राखेपछि ओली बैठकमा आउन नचाहेको बताइ‍एको छ । ओलीले हिजो नै बैठक स्थगित गरेर अनौपचारिक छलफलमा सहमित खोजिनु पर्ने बताएका थिए । तर अन्य नेताहरुले बैठक छल्न खोजेको भन्दै दुबै सँगसँगै अगाडि बढाउनु पर्ने धारणा राखेका थिए ।

आज दिउँसो १ बजेको लागि बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बोलाइएको छ । ओली पक्षीय नेताहरुले बैठकमा गएरै आफ्ना कुरा राख्न आग्रह गरिरहेका छन् । आज विहान आफू निकट नेताहरुसँग ओलीले छलफल गर्न लागेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal