आज :

प्रचण्डलाई माफी माग्नुस् भनेपछि सबै नेता ओलीमाथि खनिए

काठमाडौं । सत्तारुढ (नेकपा)को सचिवालयको बैठकमा आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा दुई अध्यक्षले पेश गरेका प्रस्तावमा छलफल हुने बताइएको छ । हिजोको बैठक औपचारिक रुपमा प्रस्तावमाथि छलफल नगरी नै सकिएको थियो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा छलफल हुन नसक्ने बरु माफी माग्नुपर्ने बताएपछि तनावपूर्ण बनेको थियो । ओलीले प्रचण्डको प्रस्तावलाई आरोपपत्र भनेका थिए । बैठकमा प्रचण्डलाई प्रस्ताव फिर्ता लिएर माफी माग्नुस् भनेपछि सबै नेताहरु ओलीविरुद्ध खनिएका थिए ।

ओलीलाई साथ दिँदै आएका इश्वर पोखरेलले समेत मंगलबारको बैठकमा प्रचण्डलाई साथ दिएका थिए । प्रचण्डलाई बोल्नै नदिने गरी झपार्ने शैलीमा कुरा राखेपछि महासचिव विष्णु पौडेल बाहेक सबै नेताहरुले ओलीको आलोचना गरेका थिए । बैठकमा थोरै मात्रै बोल्ने गृहमन्त्री बादलले पनि हिजोको बैठकमा प्रचण्डको पक्षमा बोलेका थिए । उनले दुबै प्रस्तावमाथि छलफल सुरु भइसकेको बताएका थिए ।

बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले ओलीविरुद्ध बोल्दै आएपनि उपाध्यक्ष बामदेव गौतमले भने विषय प्रसंगमा मात्रै बोल्ने गरेका थिए । हिजोको बैठकमा गौतमले दुबै प्रस्तावमा छलफल गर्नुपर्ने, सहमति नभए बहुमतले निर्णय गर्नुपर्ने धारणा राखेका थिए । त्यसैगरी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रचण्डले पेश गरेको प्रस्तावमाथि छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताउँदै बैठकमा बोल्नै नदिने जसो गरी बोलेको भन्दै ओलीको आलोचना गरेका थिजए । मंगलबार बैठकमा महासचिव पौडेलले दुबैको पक्षमा बोलेका थिएनन् ।

महासचिव पौडेलको जन्मदिनको केक काटेर सुरु भएको बैठकमा ओली र प्रचण्डबीच पनि बाझाबाझ भएको एक नेताले बताए । ओलीले लगातर पेल्न थालेपछि प्रचण्डले पनि ‘तपाईँ को हो र ? माफी माग भन्ने, प्रस्ताव फिर्ता गर भन्ने ? प्रस्तावमाथि छलफल गरेर निष्कर्ष निकालिन्छ” भनेका थिए । प्रचण्डसहित सबै नेताहरु आफीविरुद्ध खनिएपछि केही बेर ओली चुपचाप बसेका थिए ।

सचिवालयमै आफू अल्पमतमा परेको स्पष्ट भएपछि ओलीले बहुमतको निर्णय नमान्ने बताएका थिए । उनले अन्तरिम कमटी भएकोले अल्पमत र बहुमत जान नहुने, गएपनि आफूले नमान्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले बैठकमा ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ’ भनेका थिए । उनको कुरा सुनेर प्रचण्ड भने मुसुमुसु हाँसेपछि थप तनाव सिर्जना भयो । प्रचण्ड हाँसेको देखेपछि ओली झोक्किएर बोलेका थिए । ओली झोक्किँदा अन्य नेतााहरु ओलीविरुद्ध खनिएको एक नेताले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal