आज :

चीनको चाङ्ग-अ फाइभ अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण, ढुंगा र धूलो ल्याएर फर्किने

काठमाडौं । चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा अवरतण गरेको छ  गएराति चिनियाँ यान चन्द्रमामाको सतहमा सफलतापूर्वक अवतरण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । चीनले ‘रोबोटिक चाङ्ग-अ फाइभ’ अभियान अन्तर्गत यान चन्द्रमामा पठाएको थियो ।

चन्द्रमामाको अध्यानको लागि चीनको पछिल्लो चन्द्र अभियानको उद्देश्य त्यहाँबाट चट्टान र धूलो सङ्कलन गरेर पृथ्वीमा फर्किने चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् । उसको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ।

ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडार जस्ता यन्त्र जडित यानको ल्यान्डर भनिने भागले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू सङ्कलन गरेर बिताउनेछ।

यानले भुइँबाट ढुङ्गा वा धूलो उठाएर करिब दुई किलो सामानलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ जसले त्यसलाई पृथ्वीमा फर्काउनेछ। यो यानले ढुंगा वा धूलो पृथ्वीमा फर्कन सफल भएमा सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको पहिलो सफल चन्द्र अभियान हुनेछ।

यसअघि यस्तो सफलता ४४ वर्षअगाडि प्राप्त भएको थियो जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वी ल्याएको थियो। यसै महिनाको अन्त्यतिर उक्त यान भित्री मङ्गोलिया क्षेत्रको घाँसे मैदानमा उत्रने बताइएको छ। यो अभियान सफल भए अन्तरिक्षको महाशक्तिको रूपमा चीनको हैसियत बढ्नेछ।

यसैबीच अमेरिकी अन्तरिक्ष निकाय नासाले चीनलाई बधाइ दिएको छ। नासाका वरिष्ठ अधिकारीले पृथ्वी ल्याइएका चन्द्रमाका सामग्रीको वैज्ञानिक विश्लेषण गर्ने अवसर अन्तर्राष्ट्रिय समुदायलाई पनि मिल्ले आशा व्यक्त गरे।

चीनले यसअघि दुईपटक चन्द्रमामा आफ्ना यानको सफल अवतरण गराइसकेको छ – सन् २०१३ मा चाङ्ग-अ थ्री अनि गत वर्ष चाङ्ग-अ फोरसहित।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal