आज :

(नेकपा) को सचिवालय बैठक बालुवाटारमै, प्रचण्डले ल्याए पूरक प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्न  सकेन । सुरक्षा थ्रेट भन्दै आज बस्ने बैठक पनि बालुवाटारमै सुरु भएको छ ।

यसअघि शनिबार बसेको बैठकले तीन स्थगित गर्दै अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । पार्टी कार्यालयमा बैठक बस्न नसक्ने भन्दै महासचिव  विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई बालुवाटारमा आउन भनेका थिए । पौडेलले मंगलबार विहान सुरक्षा थ्रेट बढेको भन्दै बैठक बालुवाटारमै बस्ने जानकारी गराएका थिए ।

सुरक्षा थ्रेट नबढेको र प्रधानमन्त्री ओली धुम्बाराही जान तयार नभएको एक सचिवालय सदस्यले बताए ।

आज बस्ने बैठकमा प्रचण्डले पूरक प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । ओलीले लगाएका आरोपको जवाफ दिँदै पूरक प्रस्ताव ल्याउन लागेको बताइएको छ ।

यसअघि प्रचण्डले पेश गरेको प्रस्तावको दोब्बर लामो प्रस्ताव ओलीले पेश गरेका थिए । ओलीको प्रस्ताव अध्ययनको लागि भन्दै तीन दिनको समय छुट्याइएको थियो । ओलीले गम्भीर आरोप लगाएको भन्दै प्रचण्डले त्यसको जवाफ लिखित रुपमै दिने अन्य सचिवालय सदस्यलाई सोमबार नै गराइसकेका थिए ।

मंसिर १८ गते पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा प्रचण्डले पूरक प्रस्ताव पनि पेश गर्ने उनी निकट नेताहरु बताउँछन् ।

  • फाइल फोटो

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal