आज :

इंग्लीश प्रिमियर लिग फुटबलः फुल्हमसँग लेष्टर सिटी पराजित 

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा फुल्हमले लेष्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा फुल्हमले लेष्टरलाई २–१ ले गोलले हराएको हो ।

घरेलु मैदानमा पराजित गर्न फुल्हमका एडेमोला लुकम्यान र इभाँ काभालेइरोले एक एक गोल गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । पराजित टोली लेष्टर सिटीका हार्भे बार्न्सले एक गोल फर्काए । हारपछि लेष्टर सिटीले प्रिमियर लिगको शिर्ष स्थानमा उक्लीने अवसर गुमाएको छ ।

१० खेलबाट १८ अंक जोडेको लेष्टर तालिकाको चौथो स्थानमा छ । शिर्ष स्थानको टोटनह्याम हट्सपर र दोस्रो स्थानको लिभरपुलको समान २१ अंक छ भने तेस्रो स्थानको चेल्सीको १९ अंक छ ।

प्रिमियर लिगकै अर्को खेलमा गएराति वेष्ट ह्याम युनाईटेडले एस्टन भिल्लालाई २–१ ले हराएको छ । जितपछि १० खेलबाट १७ अंक जोडेको वेष्ट ह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal