आज :

क्रिसमसमा बेलायतमा लकडाउन हटाउँदै, भोलिबाट बन्द व्यवसाय पनि संचालन

काठमाडौं । क्रिसमस पर्वलाई मध्यनजर गर्दै भोलिबाट बेलायतमा जारी लकडाउन अन्त्य हुँदैछ । क्रिसमस पर्वलाई मध्यनजर गर्दै  कोरोना सङ्क्रमण जोखिम रोक्न लामो समयदेखि जारी लकडाउन हटाउने प्रधानमन्त्री बोरिस जोन्सनले बताए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बेलायत सरकारले डिसेम्बर २ अर्थात् भोलिदेखि राष्ट्रिय लकडाउन अन्त्य गरी जोखिम र सङ्क्रमण वृद्धिका आधारमा क्षेत्रगत प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री जोन्सनले लकडाउन हटाउने अघिल्लो हप्ता बेलायती प्रधानमन्त्री कोभिड विन्टर प्लान’ को घोषणा गरेका थिए । तर सङ्क्रमणको स्तरका आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा विभाजन गरी प्रतिबन्ध भने लागू गरिनेछ ।

त्यसैगरी अहिले बन्द रहेका व्यवसाय, रेष्टुरेन्ट, जीमखाना लगायत सञ्चालन हुने भएका छन् । बेलायतले क्रिसमस पर्वका बेला लकडाउन खुकुलो बनाउन लागेको हो । कोभिड-१९ को सङ्क्रमण फैलिने क्रम बढेसँगै बेलायत सरकारले गएको नोभेम्बर ५ देखि डिसेम्बर २ अर्थात् भोलिसम्मका लागि राष्ट्रिय लकडाउन गरेको थियो ।

यसअघि सरकारले मार्च अन्तिम हप्तादेखि पहिलो पटक झन्डै तीन महिनासम्म लकडाउन गरेको थियो । बेलायतमा झण्डै १६ लाख २९ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ ५८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal