आज :

कोरोना संक्रमणबाट नेपालमा १५ सय १५ जनाको ज्यान गयो, सक्रिय संक्रमित कति ?

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा १ हजार ५ सय १५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसोसम्म थप २९ जनाको ज्यान गएको पुष्टि गरेको थियो । योसँगै १ हजार ५ सय ८ जनाको ज्यान गएको थियो ।

कास्कीलगायतका अन्य जिल्लामा साँझ थप ७ जनाको ज्यान गएको थियो । उनीहरुको मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

त्यसैगरी सोमबार ९ हजार ९११ जनामा गरिएको परीक्षण गर्दा थप १ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको थियो । मंगलबार विहानसम्म आउँदा थप नमूना परीक्षण गरिएको र संक्रमित थपिएका छन् ।

सोमबारसम्म नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको मन्त्रालयले जानकरी दिएको थियो । सोमबार थप १ हजार ९३१ जनाले कोरोना जितेर डिस्चार्ज भएका थिए ।

सोमबार फेरि कोरोनामुक्त हुनेको संख्या संक्रमित भन्दा बढी भएको थियो । योसँगै सक्रिय संक्रमित केही घटेका छन् । सोमबारसम्म देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका थियो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६१५ जना संक्रमित भेटिएका थिए । त्यस्तै ललितपुरमा १२५, मोरङमा ८२, भक्तपुरमा ६९, सुनसरीमा ५०, झापा र दाङमा ४९र४९, चितवनमा ३७, रुपन्देहीमा ३६, सिन्धुपाल्चोक र कास्कीमा २९/२९, ताप्लेजुङ, मकवानपुर र सुर्खेतमा २४/२४ जना, गोरखामा १६, धनुषामा १४, सप्तरी, नवलपरासी पूर्व र स्याङ्जामा १२/१२, उदयपुर, धादिङ, सिन्धुपाल्चोक र म्याग्दीमा १०/१०, बाँकेमा ८, सिराहा र पाल्पामा ७/७, नुवाकोटमा ६ र इलाम, नवलपरासी, दैलेख, सल्यान र बाजुरामा ५/५ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

त्यसैगरी धनकुटा, संखुवासभा, सोलुखुम्बु, सर्लाही, रामेछाप, कपिलवस्तु, प्युठान, जाजरकोट र अछाममा ४/४, बारा, रौतहट, लमजुङ, गुल्मी र जुम्लामा ३/३, पाँचथर, दोलखा, तनहुँ, अर्घाखाँची र डडेल्धुरामा २/२ र तेह्रथुम, भोजपुर, महोत्तरी, सिन्धुली, पर्वत, मुस्ताङ, बागलुङ, बर्दिया, रोल्पा, रुकुम पश्चिम, कञ्चनपुर र डोटीमा १/१ जनामा कोरोना भाइरस संक्रमण भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal