आज :

काठमाडौंमा राजावादीको नाराः गणतन्त्र धोका हो, संघीयता चाहिँदैन 

काठमाडौं । काठमाडौंमा राजावादीहरुले विरोध र्याली निकालेका छन् । केही दिनदेखि देशका विभिन्न सहरमा राजतन्त्र र हिन्दू राज्यको माग गर्दै प्रदर्शन गरिरहेका राजावादीहरुले सोमबार संघीय राजधानी काठमाडौं प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतिघरबाट सुरु भएको राजावादीको र्याली वानेश्वारतिर गएको छ । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध राजावादीहरुले चर्का नारा लगाइरहेका छन् । विभिन्न संगठन र समूहका ब्यानरसहित राजावादीहरु सडकमा निस्किएका हुन् । उनीहरुले राष्ट्रिय झण्डा समेत बोकेका छन् ।

प्रदर्शनमा सहभागी राजावादीहरुले ‘गणतन्त्र धोका हो, संघीयता चाहिँदैन, राजतन्त्र जिन्दावाद, गल्लीगल्लीमा हल्ला छ, राजा आउने सल्लाह छ…’जस्ता नारा लगाइरहेका छन् ।

केही पहिले पोखरामा ठूलो प्रदर्शन गरेका राजावादीहरुले आइतबार हेटौडामा समेत राजतन्त्रको माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal