आज :

प्रचण्डले जवाफ दिनै पर्ने ओलीका तीनवटा प्रश्नः जनयुद्धका घाइतेको उपचारदेखि सम्पति छानविनसम्म

काठमाडौं । सत्तारुढ (नेकपा) को स्थायी समिति बैठक भोलि बस्दैछ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा पेश गरेको प्रस्तावको अध्ययनको लागि भन्दै बैठक तीनदिन स्थगित गरिएको थियो ।

ओलीले प्रचण्डले पेश गरेको प्रस्तावको जवाफ दिँदै थप गम्भीर प्रश्न समेत गरेका छन् । ओलीले प्रचण्डले कहिलै पनि जनयुद्धका घाइते र बेपत्ताको बारेमा कुरा नउठाउने बताएका छन् । युद्धमा घाइते भएका तथा शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेकाहरुको दुःखान्त तस्बिर प्रचण्डमा कहिल्यै नआएको प्रस्तावमा उल्लेख गरेका छन् ।

शनिबारको सचिवालय बैठकमा जवाफी प्रतिवेदन पेश गर्दै ओलीले प्रचण्डलाई गरे, ‘युद्धमा घाइते भएका, अझै पनि शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेका साथीहरुको दु:खान्त तस्बिर आउँछ ? कहिल्यै यी साथीहरुलाई राहत र पुनर्स्थापनाको विषय एजेण्डा बनाउनु भएको छ ?’

त्यसैगरी ओलीले नियुक्तिमा पनि प्रचण्डमाथि गम्भीर प्रश्न उठाएका छन् । ओलीले प्रचण्डले आन्दोलनमा योगदान गरेका भन्दा पनि आफ्ना नजिककालाई नियुक्त गर्न सिफारिस गर्ने गरेको आरोप लगाएका छन् । ओलीले आफ्ना नाता सम्बन्धीले नियुक्त नलिएको बताउँदै मलाई परिवार र व्यक्तिगत लाभमा अल्झिनु छैन भनेका छन् ।

ओलीको प्रस्तावमा भनिएको छः ”म देशलाई अगाडि बढाउन चाहन्छु, देश समृद्ध बन्छ भन्नेमा विश्वास राख्छु । त्यसमा योगदान गर्नुपर्छ भन्ने ठान्छु । यस भावनासँग सहमत नहुने, सधैभरि निराशा र कुण्ठामात्रै बोकी हिँड्ने तर कुनै नेता विशेषको नजिक भएकै कारण उसले नियुक्ति पाउनु पर्छ भन्ने कुरा उचित हुन्छ र ? मलाई नातावादको निराधार आरोप लगाउनु पूर्व तपाईंले एकचोटी आफैलाई नियालेर हेर्नु भएको भए हुन्थ्यो । तपाईंले गर्नुभएको सिफारिसमा आन्दोलनमा योगदान र त्याग गरेका मान्छे परेका छन् कि अन्य ?” ओलीले ‘मन्त्रिपरिषद् या राजनीतिक नियुक्तिमा भन्नुभएका सबै विषय अहिले सार्वजनिक नगर्ने भन्दै प्रचण्डमाथि थप प्रश्न समेत उठाएका छन् ।

त्यसैगरी ओलीले प्रचण्डको सम्पतिमाथि समेत प्रश्न उठाउँदै छानविन गर्न तयार हुन समेत चेतावनी दिएका छन् । ओलीले प्रचण्डले सम्पति नखुलेको धनलाई ल्याउन समन्वय गरेको, घरभेटीलगायत पैसा दिने ठेकेदारको कामको लागि दवाव दिने गरेको समेत आरोप लगाएका छन् ।

ओलीको प्रतिवेदन पढेपछि आम रुपमा आफ्नै नेतृत्वमा भएको जनयुद्धका घाइतेका शरीरबाट गोली र छर्रा निकाल्न प्रचण्ड तयार नभएकै हुन् त ? आन्दोलनमा योगदान गरेकालाई पाखा लगाउँदै दलाललाई नियुक्ति गर्न सिफारिस गरेकै हुन् ? के व्यक्तिगत सम्पति छानविनको लागि प्रचण्ड तयार छैनन् ? प्रचण्डमाथि प्रश्न उठेका छन् ।

यति गम्भीर प्रश्नको उत्तर प्रचण्डले कसरी दिन्छन् हेर्न बाँकी छ । भोलि सचिवालय बैठक पार्टी कार्यालयमा पुनः बस्दैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal