आज :

प्रचण्ड-बाबुरामलाई विप्लवले भने– फर्किनुस्, फेरि सँगै अगाडि बढौं

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्ध लडेका सबै नेताहरु एक भएर अगाडि बढ््नुपर्ने बताएका छन् । प्रचण्ड र बाबुराम अहिलेको यात्राबाट फर्किए सँगै जान सकिने बताए ।

पार्टीको सातौं पुनर्गठन दिवसको अबसरमा रातोखबरलाई दिएको अन्तरवार्तामा विप्लवले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र जनता समाजवादीका नेता बाबुराम भट्टराईसँगै अगाडि बढ्न आफू तयार भएको बताए । विप्लवले प्रचण्ड र बाबुरामलाई अध्यारो सुरुङ भएको भन्दै फर्किन आग्रह गरे । उनले प्रचण्ड र बाबुरामले समातेको राजनीतिक बाटोबाट केही पनि नहुने भन्दै क्रान्तिको बाढोमा फर्किन आग्रह गरेका हुन् ।

“म त भन्छु सबै एक हुनुपर्छ, प्रचण्डले पनि एक ठाउँमा भन्नुभएछ सबै माओवादी एक हुनुपर्छ भनेर, मेरो पनि त्यही भनाई छ प्रचण्ड र बाबुरामजीलाई, कहाँकहाँ पुग्नुभएको छ, फर्किनुस् । अँध्यारो सुरुङतिरबाट त फर्किनु परो नी । त्यही टाउको ठोकेर मर्ने बाटो जानु भएन नी त । प्रचण्ड बाबुरामको बाटोबाट केही पनि हुँदैन, हुने क्रान्ति, परिवर्तनको बाटोबाटै हो । क्रान्तिको झण्डामुनि फेरि गोलबन्द होऔं, फेरि अगाडि बढौं” विप्लवले अन्तरवार्ताको क्रममा भने ।

सिंहदरबार वा अलिसान महलमा पुग्दा पनि प्रचण्ड–बाबुरामलाई विगतको गौरवपूर्ण इतिहासको स्मरण हुन्छ होला भन्ने आफूलाई लागेको बताए । उनले जनमुक्ति सेनाको लाइनबाट, जनताको घरमा गुद्रीमा सुतेर देखेको गौरवपूर्ण सपनाको अहिले स्मरण हुन्छ होला भन्ने लागेको बताए ।

अर्को एक प्रसंगमा विप्लवले आफूले उठाएका कुरा सरकारले सुने वार्ता हुने संकेत गरे । उनले आफूहरु वार्ताको लागि तयार रहेको तर सिके राउत बनाउन सम्भव नभएको बताए ।

“जनता कहाँ असन्तुष्ट छन् भन्ने कुरा राज्यले सुन्नुपर्यो । हामीले जनताका कुरा उठाएका हौं । के गर्दा जनता खुसी हुन्छन् भन्ने त राज्यले सुन्नुप¥यो, राज्यले जनताका कुरा नसुन्ने अनि हामीलाई वार्ताको पक्षमा छैन भनेर भन्न कसरी कुरा मिल्यो ?” विप्लवले प्रश्न गरे । उनले वार्तालाई षड्यन्त्रका रूपमा प्रयोग गर्न नहुने बताए ।

अन्तरवार्ताकै क्रममा विप्लवले दल्ली लगेर वार्ता गर्न सम्भव नभएको बताउँदै भने,“देश बाहिर लगेर वार्ता गराउन खोजे त्यो सम्भव छैन । राज्य कस्तो देखिन्छ भने सिके राउतजस्तो बनाउने रे । नेपाल कम्युनिष्ट पार्टी त्यस्तो हुन्न । कसैले दिल्ली लगेर वार्ता गराउन चाहला प्रचण्ड, बाबुराममात्रै हुन्छ त्यस्तो । यो कुरा सबैले बुझे हुन्छ ।” विप्लवले नेपाली जनताको हितलाई केन्द्रमा राखेर वार्ता हुने बताए ।

वार्ताप्रति सरकार इमान्दार र आफ्नो पार्टी रुची नराखेको भन्ने हल्लामा सत्यता नभएको समेत विप्लवले बताए । उनले जनतालाई भ्रमित पार्न यस्ता हल्ला चलाइएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal