आज :

माओवादी केन्द्रको अध्यक्षमा कर्णजीत बुढाथोकी निर्वाचित, ९९ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षमा कर्णजीत बुढाथोकी ‘शुसिल’ निर्वाचित भएका छन् । काठमाडौंमा जारी विशेष भेलाले शुसिलको अध्यक्षतामा ९९ सय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

दुई दिनसम्म चल्ने भेला आजबाट सुरु भएको थियो । भेलाको पहिलो दिन नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । भेलाले पार्टीको राजनीतिक कार्यदिशा तथा कार्यक्रम पारित गर्दै  भोलि सम्पन्न हुनेछ ।

माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक थापाको अध्यक्षतामा बसेको उक्त बैठक तथा भेलाले सर्वसम्मत रुपमा सुशीललाई अध्यक्षमा निर्वाचित गरेको थियो । कार्यवाहक अध्यक्षले पार्टी आन्दोलनको आवश्यकता पूरा गर्नका लागि तीन पुस्तको संयोजन गर्दै अघि बढ्नुपर्ने बताएका थिए ।

बैठकमा सुशिललाई अध्यक्षको प्रस्ताव गर्दै कार्यवाहक तथा बैठकका अध्यक्ष थापाले भने, ‘माओवादी केन्द्रको अध्यक्षमा लामो समयदेखि वर्गिय आन्दोलनमा रहँदै आएका पार्टीका महासचिव शुशिललाई प्रस्ताव गर्दछु, आशा गर्दछु कि उहाँको नेतृत्वमा पार्टी आन्दोलनले गति लिनेछ, वर्गीय आन्दोलन थप उचाईमा पुर्याउन सकिने छ ।’

सामाजिक दलाल व्यवस्थाले राष्ट्रघात, जनघात र अपराध बढाउँदै गरेको वर्तमान अवस्थामा कार्यवाहक अध्यक्ष थापामगरले पार्टी संगठनमा नयाँ नेतृत्व, नयाँ उर्जा, गतिशिलता र विचार राजनीतिमा विकास गर्दै अघि बढ्नुपर्ने अपरिहार्यतालाई माओवादी केन्द्रले सम्बोधन गर्दै जनताको आन्दोलनलाई अगुवाई गर्न नयाँ नेतृत्वको आवश्यक भएको धारणा राख्दै सुशिललाई अध्यक्षमा निर्वाचित गर्न सदस्यहरुलाई अपील गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि सुशिलले पार्टी केन्द्रीय समिति ९९ सदस्यीय, पोलिटव्यूरो ३३ सदस्यीय, स्थायी समिति १५ सदस्यीय बनाउनेबारे  बैठक तथा भेलामा प्रस्ताव गरेका थिए । उनको प्रस्ताव सुझावसहित भेलाले पारित गरेको एक नेताले जानकारी दिए ।

त्यसैगरी भेलासँगै माओवादी केन्द्रको वरिष्ट नेतामा तिलक थापामगर रहने तथा यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका नेता रंगनाथ ढकाल पुनः उपाध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

त्यसैगरी माओवादी केन्द्रको पूर्ण केन्द्रीय समिति, पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारीबारे थप छलफल सहित निर्णय गर्ने बताइएको छ । त्यस्तै विभिन्न जनवर्गिय संगठनको जिम्मेवारी, प्रदेश, जिल्ला र विभागको जिम्मेवारी बारे समेत बैठकले निर्णय गर्ने बताइएको छ ।

अध्यक्ष कर्णजीतले सोमबार प्रस्तुत गरेको ‘वर्तमान परिस्थिति र हाम्रो कार्यभार’ विषयक राजनीति प्रतिवेदनमा भोलिको बैठकमा व्यापक छलफल हुने बताइएको छ । त्यस्तै पार्टीको विधान संशोधन, मित्र शक्तिबीचको सम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध, कम्युनिष्ट आन्दोलन र पार्टीको नेतृत्वलगायतका विविध विषयमा भोलि गहन छलफल हुने बताइएको छ ।

माओवादी धारमा पहिलो पटक सहिद परिवारबाट प्रमुख नेतृत्वमा सुशील पहिलो हुन् । सुशीलका दाजु धर्मजीत बुढाथोकी २०५८ साल जेष्ठ २० गते बाँकेको कुशुममा भएको घटनामा सहिद भएका थिए भन जीवन संगिनी उपाल लामा २०५९ मंसिर ३ गते हुम्लाको केरमिको घटनामामा सहिद भएकी थिइन् ।

२०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा हुम्लाबाट निर्वाचित सुशील यसअघि गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र पुनर्गठन गर्दा महासचिव भएर जिम्मेवारी समाल्दै आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal