आज :

नेपालामा २ लाख २०६७ जना कोरोनामुक्त,‍ सक्रिय संक्रमित १८ हजार

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दरभन्दा निको हुनेको संख्या बढिरहेको छ । यसले सक्रिय संक्रमितको संख्या १८ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर सक्रिय संक्रमित १८ हजार ८८४ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित कुल संक्रमितको ९.५ प्रतिशत मात्रै हुन् ।

पछिल्ला दिनमा कोरोनामुक्त हुनेको संख्या बढेको छ । सोमबार थप ३ हजार ४३ जनाले कोरोना जितेका छन् । योसँगै २ लाख नाघेको छ । मन्त्रालयका अनुसार २ लाख २ हजार ६७ जना निको भएका छन् । नेपालमा कोरोना निको हुने दर ९०.९ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १ हजार ७ जना काठमाडौं उपत्यकामा मात्रै रहेका छन् । योसँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २२८ जना पुगेको छ ।

कोरोना संक्रमणबाट सोमबार थप १६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट १ हजार ३ सय ३७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

सोमबारसम्म देशभर १६ लाख ७० हजार ४५६ जनाको पीसीआर भएको छ भने पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको परीक्षण भएको छ ।

काठमाडौं उत्यकामा सबैभन्दा बढी सक्रिय संक्रमित छन् । काठमाडौंमा ८ हजार ६६७ जना, भक्तपुुरमा ६२८ र ललितपुरमा १ हजार ४९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हाल काठमाडौं उपत्यका र कास्कीमा मात्रै ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ र मुगु संक्रमणमुक्त जिल्ला बनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal