आज :

बालुवाटार भेटः ओलीले भने-सरकारमा आउनुस्, देउवाले भने-प्रधानमन्त्री दिनेभए आउँछौ

काठमाडौं । पार्टीभित्रको विवादले नाराबाजीको रुप लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सत्तारुढ (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले देउवालाई सरकारी निवासमै बोलाएर आइतबार भेटवार्ता गरेसँगै नेपाली राजनीतिमा नयाँ तरंक पैदा भएको छ ।

भेटवार्ताको क्रममा ओलीले देउवालाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । पार्टीभित्र अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले सहयोग गर्न सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै ओलीले देउवासँग भेटवार्ता गरेका हुन् । सभापति देउवाले भेटपछि आफू नेतालाई गराएको जानकारीअनुसार ओलीले काँग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । जवाफमा देउवाले सरकारको नेतृत्व दिने भए आउन सक्ने बताएका थिए ।

”सभापतिज्यूसँग प्रधानमन्त्रीले सरकारमा सहभागी हुन भन्नुभएछ । सरकारको नेतृत्व वा प्रधानमन्त्री काँग्रेसलाई दिन तयार भएमात्रै सरकारबारे सोच्न सकिने जवाफ सभापितले दिनुभयो” देउवा निकट नेताले भने । उनले ओली नेतृत्वको सरकार जनताबीच बदनाम भएकोले अहिलेकै अवस्थामा सरकारमा जाने सम्भावना नरहेको समेत बताए । त्यस्तै नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले काँग्रेसले बर्तमान सरकारसँग सहकार्य गर्न नहुने बताईसकेका छन् ।

ओलीलाई भेट्दा पार्टीभित्र गलत सन्देश जाने भएकोले भेट्न नचाहेको तर बारम्बार फोन गरेपछि देउवाले बालुवाटर पुगेको काँग्रेस स्रोतले बताएको छ । प्रधानमन्त्रीले काँग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेसँगै सत्तारुढ (नेकपा) भित्र हलचम मच्चिएको छ । पार्टी फुटाउन खोजेको ओलीमाथि आरोप लगाउनेहरुलाई बल पुगेको छ ।

ओलीले अध्यादेश ल्याएर संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत पुर्याएर पार्टी फुटाउन सम्भावना बढेको (नेकपा)कै नेताहरु बताउन थालेका छन् । ओलीले पार्टी फुटाएर काँग्रेससँग मिलेर सरकार बनाउन चाहेको उनिहरुको आरोप छ । पार्टीको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावको काउन्टरमा प्रस्ताव लेख्न ओलीले १० दिनको समय पाएका छन् । उक्त समयभित्र प्रस्ताव लेख्नेभन्दा पनि पार्टी फुटाउन लागेको पार्टीकै नेताहरुले शंका गर्न लागेका छन् ।

(नेकपा) १३ सचिवालय बैठक बोलाएको छ । त्यसलगत्तै स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाइएको छ ।

यसैबीच चिनियाँ राजदूतले होउ यान्छीले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी छन् । प्रचण्डलाई भेट्न यान्छी सोमबार विहान खुमलटार पुगेकी थिइन् । स्रोतका अनुसार पार्टीभित्रको विवादबारे छलफल भएको छ । यसअघि प्रधानमन्त्री ओलीसँग पनि राजदूत यान्छीले भेटवार्ता गरेकी थिइन् । उनले पार्टी फुट्न नहुने भन्दै धारणा राख्दै आएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal