आज :

पार्टीको सातौं पुनर्गठन दिवसको पूर्वसन्ध्यामा नेकपाद्वारा काठमाडौंसहित देशभर कोणसभा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भोलि पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाउन लागेको छ । नेकपाले सातौं पुनर्गठन दिवस मनाउन देशव्यापी रुपमा पोष्टरिङ, कोणसभा गरेको छ । तराई र पहाडी जिल्लामा आज कोणसभा आयोजना गरेको समाचार प्राप्त भइरहेका छन् ।

पार्टी महासचिव विप्लवले विज्ञप्तिमार्फत सार्वजनिक गरेका कार्यक्रमअनुसार नेकपा काठमाडौँले पर्चा, पोष्टरिङ र आज कोणसभा सम्पन्न गरेको छ । प्रतिबन्ध र कडा सुरक्षालाई छल्दै काठमाडौंका आधा दर्जन स्थानमा आइतबार कोणसभा सम्पन्न भएको नेकपा काठमाडौँले जनाएको छ ।

कोणसभालाई सम्बोधन गर्दै नेकपाले नेताहरुले सरकारको चर्को आलोचना गर्नुको प्रहरीले नेता कार्यकर्तालाई गिरफ्तार गर्नुको साथै धरपकड जारी राखेको भन्दै विरोध जनाएका थिए । न्यूरोड, इन्चोकमा दिउँसै कोणसभा आयोजना गरिएको थियो । सो सभालाई संकल्पले सम्बोधन गरेका थिए । दक्षिणकाली गेटमा भएको कोणसभालाई निश्चल र मिसनले सम्बोधन गरेका थिए । प्रहरीले गिरफ्तारी, धरपकडलाई जारी राखे आफ्नो पार्टी प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिएका थिए ।

त्यसैगरी काठमाडौँकै नैकाप र टोखामा पनि कोणसभा सम्पन्न भएको छ । नैकपाको कोणसभालाई ग्याल्बो र प्रतापले सम्बोधन गरेका थिए भने टोखाको कोणसभालाई विज्ञानले सम्बोधन गरेका थिए । वक्ताहरुले सरकारले भ्रष्टाचारी, कालोबजारीको संरक्षण गर्नुको साथै जनविरोध कार्य जारी राखेको बताएका थिए । उनीहरुले एकीकृत जनक्रान्तिमार्फत स्थापना हुने वैज्ञानिक समाजवादले जनताको बास्तविक मुक्ति गर्ने बताउँदै आफ्नो पार्टीलाई साथ दिन आग्रह समेत गरेका थिए ।

नेकपा अछामले जिल्लाका विभिन्न स्थानमा कोणसभा गरेको छ । त्यस्तै बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, रुकुम-रोल्पा, अर्घाखाँची, कपिल‍वस्तु, कास्की, पूर्वको झापा, इलाम, मोरङसहित देशभर पोस्टरिङसहित नेकपाले कोणसाभा आयोजना गरेको छ । उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न स्थानमा नेकपाले कोणसभा आयोजना गरेको छ ।

नेकपाले पार्टी पुनर्गठन दिवसको अबसरमा मंसिर ६ गते देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलाप र ७ गते देशव्यापी प्रदर्शन र जनसभाहरू तथा कोणसभा सम्पन्न गरेको छ । नेकपाले भोलि अर्थात ८ गते पार्टी पुनर्गठनको दिन पारेर देशभर उत्सव मनाइने तयारी गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal