आज :

भोलिबाट माओवादी केन्द्रको केन्द्रीय समिति बैठक, किराँतीलाई कारवाही गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको पूर्ण बैठक भोलिबाट सुरु हुँदैछ । केही समय अघि बसेको पोलिटव्यूरो बैठकको निर्णयअनुसार पार्टी, संगठनको सुढृणीकरण तथा राजनीतिक–वैचारिक लगायतका महत्वपूर्ण विषयमा छलफल गर्न काठमाडौंमा बैठक बस्न लागेको हो ।

गत असोज २५ र २६ गते काठमाडौंमा बसेको माओवादी केन्द्रको पोलिटव्यूरो बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रियता, जनतन्त्र र जनजीवीका सम्बन्धीत समस्याहरु र पार्टीले खेल्नुपर्ने भुमिका लगाएतका विषयमा छलफल गर्न मंसिर ८ र ९ गते केन्द्रीय समितिको बैठक गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक थापा मगरका अनुसार पार्टी केन्द्रको बैठक विश्वव्यापी कोरोना त्रासका कारण उच्च स्वास्थ्य सतर्कता अपनाउँदै काठमाडौंमा गर्ने तयारी भइरहेको छ । माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष थापामगरले बैठकमा सहभागि हुने नेताहरुको स्वाथ्यमा जटिल समस्या देखिएको अवस्थामा स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य सतर्कतासहित सबै नेताहरुलाई सामाजिक दुरी कायम गर्दै बैठक सहभागि गराइने बताएका छन् ।

माओवादी केन्द्रका महासचिव कणजीत बुढाथोकी ‘शुशिल’ ले पार्टी केन्द्र समितिको बैठक यसअघि पोलिटव्यूरो बैठकले तोकेको मितिमा हुने भएकाले देशभरका सबै केन्द्रीय समिति सदस्यहरु काठमाडौं पुगिसकेको बताए । उनले बैठकमा करिब पाँच दर्जन नेताहरु सहभागी हुने बताउँदै बैठकको आन्तरिक सैद्धान्तिक राजनीतिक तयारीका साथै अन्य ब्यानर, कोटेशन, झण्डा, खाना, नास्ता, हल लगायतको सम्पूर्ण तयारी पूरा भएको बताए ।

केन्द्रीय समितिको तयारीको लागि मंसिर ६ गते पदाधिकारी बैठक समेत बसेको छ । पदाधिकारी बैठकले पार्टीको राजनीतिक कार्यदिशा र भावी नेतृत्वको बारेमा पनि छलफल गरेको छ ।

माओवादी केन्द्रका पूर्वअध्यक्ष समेत रहेका सल्लाहकार समिति अध्यक्ष रहेका किराँतीले पार्टी विधान र पद्धति विपरीत, सनकको भरमा गैरराजनीतिक चरित्र पर्दशन गर्दै स्वैच्छिक र एकलढंगले अधिकार क्षेत्रभन्दा बाहिर, कुनै तहको औपचारिक बैठक नै नगरी, सम्पूर्ण पार्टी संरचना विघटन गर्ने र आफूलाई अध्यक्ष स्वघोषणा गर्ने काम गरेको विषयलाई पनि बैठकले एजेण्डा बनाएको बताइएको छ ।

किराँतीले यसअघि पार्टी विघटन गर्दै आफ्नै अध्यक्षतामा पुनर्गठन अभियान बनाएको विज्ञप्तिमार्फत जानकारी गराएका थिए । पार्टीको विधि र विधानविरुद्ध अराजनैतिक कार्य गरेकोले किराँतीमाथि बैठकले कारवाहीको गर्ने एक नेताले बताए । तर, बैठकमा आएर आ‍त्मालोचना गरे भने कारवाही नहने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal