आज :

(नेकपा) को विवादले चितवनमा नयाँ मोड लियो, ओली समूहलाई कार्यक्रम गर्न नदिने

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादले चितवनमा नयाँ मोड लिएको छ । शनिबार पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको कार्यक्रम बिथोल्ने गरी भएको नाराबाजी पछि पार्टी विवादले नयाँ मोड लिएको हो । अब जिल्लामा पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कुनै पनि कार्यक्रममा अबरोध पुर्याउने निष्कर्षमा पुगेको छ ।

नेता पाण्डेको निर्वाचत क्षेत्रमा आयोजित कार्यक्रममै ओली समूहका नेता कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । कार्यक्रममा पाण्डेले गरेको सम्बोधनलाई लिएर ओली समूहले विरोध जनाएको थियो । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको विरोधमा अभिव्यक्ति दिएपछि कार्यकर्ताहरू आक्रोशित भएका थिए।

पाण्डेले मदन भण्डारी फाउन्डेसनमार्फत ओलीले गुटबन्दी गरेको, पार्टीले गरेको निर्णय नमान्ने र एकलौटी तरिकाले सरकार चलाउन खोज्ने प्रधानमन्त्रीको कार्यशैलीले (नेकपा) कमजोर बनेको बताएका थिए । त्यसलगत्तै पाण्डेविरुद्ध नाराबाजी सुरु भएको थियो ।

पाण्डे निकट एक जिल्ला नताका अनुसार नाराबाजी प्रधानमत्री केपी ओलीको जनसम्पर्क सल्लाहकार सिता पौडेलकी भाईबुहारी मेयर प्रभा बरालको नेतृत्वमा भएको थियो । त्यस्तै मुख्यमन्त्री डोरमणी पौडेलका सल्लाहकार तथा पुर्बजिल्ला अध्यक्ष जगन्नाथ थपलियाका छोरा साथै प्रदेशका मन्त्री दावा लामाका ज्वाई सुरज थपलिया, प्रदेशका भुमि ब्यावस्था सहकारी तथा कृषी मन्त्री दावा लामाको स्वकीय सचिव प्रकाश कालाखेती, केदार आचार्यलगायतका युवाहरुले पाण्डेविरुद्ध नाराबाजी गरेका थिए ।

नाराबाजी गर्ने कार्यकर्ताहरुले पाण्डेलाई पार्टी एकताविरोधी भएको बताउँदै होहल्ला समेत गरेका थिए । अर्को रोचक कुरा त के भने नाराबाजीमा उत्रेका कार्यकर्ताहरुले जबज-जिन्दावाद भन्ने नारा लगाएका थिए ।

चितवन प्रकरणले (नेकपा) को विवाद झन फराकिलो भएको छ । चितवनमा प्रचण्ड-नेपाल समूहको बहुल्यता रहेको छ । अब चितवनमा ओली समूहका कुनै पनि कार्यक्रम गर्न नदिने भन्द‍ै एक जिल्ला नेताले भने, ‘उहाँहरु मैदानमै उत्रिनुभयो, सोही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि समेत रहेका केन्द्रीय नेतामाथि दुर्व्यहार भएको छ, अब हामी पनि ओली समूहका सबै कार्यक्रम बहिस्कारसँगै बिथोल्ने छौं ।’

पार्टी केन्द्रको विवादलाई नजिकबाट हेरिरहेका चितवनका दुबै समूहका नेता-कार्यकर्ताहरु खुलेर एकअर्काविरुद्ध उत्रिएका थिएनन् । शनिबारको घटनाले एक अर्काविरुद्ध खुलेरै लाग्ने वातावरण बनाइदिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal