आज :

कोरोना संक्रमणबाट अछाममा पहिलो पटक स्वास्थ्यकर्मीको निधन, दशैंमा संक्रमित, छठमा निधन

अछाम । कोरोना भाइरस संक्रमणबाट जिल्लामा पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ । संक्रमितको उपचारमा खटिएका सिनियर अहेबको मृत्यु भएको हो ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ मा रहेको रहफ स्वास्थ्य चौकीका इन्चार्ज रहेका अहेब कपिल श्रेष्ठको कोरोना संक्रमणबाट निधन भएको हो । उनको उपचारको क्रममा शुक्रवार दिउँसो सेती प्रादेशिक अस्पतालको कोरोना अस्थाीय अस्पतालमा निधन भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ घर भएका ५५ वर्षीय श्रेष्ठ कोरोना संक्रमण पुष्टि भएसँगै कार्तिक २५ गतेबाट अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा गरिएपनि बचाउन नसकिएको अस्पतालले बताएको छ ।

२०७६ कार्तिक २१ गते देखि उनी अछामको रहफ स्वास्थ्य चौकीका इन्चार्जका रूपमा कार्यरत श्रेष्ठ दसैँ बिदामा धनगढी घर आएका थिए । दसैँ मनाएर अछाम फर्किए लगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको थियो । उनी फेरि धनगढी फर्किएर कोरोना परीक्षण गराएका थिए ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने श्रेष्ठ प्रदेशकै पहिलो स्वास्थ्यकर्मी भएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनको कैलालीको गोदावरी आर्य घाटमा नेपाली सेनाले शुक्रवार हिन्दु संस्कार अनुसार अत्यष्टी गरिसकेको छ ।

  • भुलबस अन्य फोटो पोष्ट भएकोमा क्षमा चाहन्छौं

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal