![](https://onlinedabali.com/wp-content/uploads/2020/11/police-bit-e1606012414345.jpg)
धनगढी । देशभर प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गि रफ्तार गरिरहेको छ । त्यस्तै समर्थक तथा शुभचिन्तकका घरमा खानतलासी गर्न प्रहरी गाउँगाउँ पुग्ने गरेको छ । तर प्रहरी कार्यालयमै नेकपाको पोष्टर टाँसिएको छ ।
विप्लव नेतृत्वको नेकपा कैलालीले सातौं पार्टी पुनर्गठन दिवसको अवसरमा सार्बजनिक गरिएको पोष्टर प्रहरी विट खैराना कार्यालयमै टाँसेको छ । जिल्लाव्यापी रुपमा पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार गर्दै हिडिरहेका नेकपाका कार्यकर्ताले प्रहरी कार्यालयमा पोष्टर टाँसेको फोटो सार्वजनिक भएको छ ।
एक उमहानगरपालिकासहित जिल्लाका सबै स्थानीय तहमा पार्टी पुनर्गठनको अबसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको नेकपा कैलालीले जनाएको छ । त्यसैगरी जिल्लाका विभिन्न स्थानमा पोष्टरसँगै वाल पेन्टिङमा पनि जारी रहेको छ ।
कोरोना महामारीका कारण ठूलो जनपरिचानका हुने कार्यक्रम नगर्ने बताएको नेकपा कैलालीले खेलकुदलगायतका रचनात्मक कार्यको भने आयोजना गरेको छ । यसै अबसरमा नेकपाले जिल्लाभरीका सहिद तथा वेपत्ता परिवार भेटघाटसँगै जनश्रमका कार्यहरु भइरहेको बताइएको छ ।
पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गरेर पार्टी पुनर्गठन भव्य रुपमा मनाउन मंसिर ८ गतेसम्मका विविध कार्यक्रमको घोषणा गरेका थिए । जसअनुसार मंसिर ६ गते देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलाप । मंसिर ७ गते देशव्यापी प्रदर्शन र जनसभाहरू र ८ गते पार्टी पुनर्गठनको दिन पारेर देशभर उत्सव मनाइने ।