News Portal

  • शिवम् सिमेन्ट उद्योगमा आगलागी

    डबली संवाददाता२०७७ मंसिर ६ गते
    ४०५ पटक

    काठमाडौं । शिवम् सिमेन्टमा आगलागी भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको भएको हो ।

    प्रहरीका अनुसार विद्युत् लिक भएर उद्योगको कोइला च्याम्बरमा शनिबार विहान आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको जानकारी दिएका छन् ।

    हेटौँडा उपमगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो । सो क्रममा स्थानीयवासी, प्रहरी, उद्योगका कर्मचारीले सहयोग गरेका थिए ।

    प्रतिकृया दिनुहोस्