आज :

काठमाडौंमा कोरोनाबाट १ लाख ८७२ जना संक्रमित, ४ सय ८८ जनाले ज्यान गुमाए

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार १ लाख ८७२ जना संक्रमित भएका छन् ।

मन्त्रालयले शुक्रबार थप उपत्यकामा १ हजार १ सय ७ संक्रमित जनाएको थियो । शुक्रबारसम्म काठमाडौमा ८१ हजार ५ सय ८८ , ललितपुरमा ११ हजार ९ सय ४८ र भक्तपुरमा ७ हजार ३ सय ३६ जना संक्रमित भएका छन्  ।

उपत्यकामा कुल सक्रमितमध्ये अहिले होम आइसोलेशन र स्वास्थ्य संस्थामा गरी १२ हजार ६ सय ९२ जना उपचाररत छन् भने बाँकी निको भएर सामान्य जीवनमा फर्किएका छन् । त्यस्तै, शुक्रबारसम्म उपत्यकामा ४ सय ८८ जनाले ज्यान गुमाएका छन् ।

शुक्रबार नेपालमा कोरोना भाइरसबाट २ लाख १६ हजार ९६५ जना संक्रमित भएका छन् । शुक्रबार १ हजार ९ सय ४५ जना थपिएका थिए । मन्त्रालयका अनुसार १० हजार ३ सय ४० जनामा भएको परीक्षण गर्दा १ हजार २ सय ५ पुरुष र ७ सय ४० महिलामा संक्रमण देखिएको थियो ।

दशैं तथा तिहार र छठमा परीक्षण दर घटेसँगै सक्रिय संक्रमितको संख्या पनि घटेको छ । संक्रमितभन्दा कोरोनामुक्त हुने बढेपछि शुक्रबारसम्म देशभर २४ हजार ६ सय ६५ जना उपचाररत रहेका छन् ।

त्यसैगरी शुक्रबार थप २७ जनाको कोरोनाका कारण ज्यान गएको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जनाको मात्रै पुष्टि गरेको छ । मन्त्रालयले शुक्रबार पुष्टि गरेका २२ जनासहित देशभर कोरोनाबाट १ हजार २ सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।

मन्त्रालयका अनुसार शुक्रबा थप ५ हजार ५ सय ६५ जनाले कोरोना संक्रमण जितेका छन् । यो संख्या पछिल्लो समयमा आशा लाग्दा भएको बताइएको छ । योसँगै नेपालमा १ लाख ९१ हजार २ पुगेको छ । त्यस्तै शुक्रबारसम्म देशभर ४ सय ३ जना आईसियूमा छन् भने ६३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal