आज :

कोरोना संक्रमणबाट आज पोखरामा थप ७ जनाको ज्यान गयो

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा आज मात्रै ७ जनाको जनाको  ज्यान गएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार ज्यान गुमाउनेमा ६ जना कास्कीका र एकजना तनहुँका रहेका छन् ।

शर्माका अनुसार पोखरा महानगरपालिका वडा नं. २७ का ७१ वर्षीय पुरुषको गएराति १ः४० बजे पोखरास्थित गण्डकी मेडिकल कलेजमा निधन भएको थियो । उनलाई गत कात्तिक २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरा ८ का ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको छ । कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको गण्डकी मेडिकल कलेजमा राति ३ः५० बजे निधन भएको हो । ती पुरुष मृगौला र उच्च रक्तचाप रोगबाट ग्रसित थिए ।

त्यसैगरी पोखरा-९ का ७६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट बिहीबार राति नै निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई बिहीबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सुगर र न्यूमोनिया रोगबाट ग्रसित थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा-२१ का ७५ वर्षका पुरुष र पोखरा ३३ का ५५ वर्षका पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ । त्यस्तै, पोखरा २१ का पुरुषको राति र पोखरा-३३ का पुरुषको आज बिहान निधन भएको शर्माले जानकारी दिएका छन् ।

पोखरा- १७ निवासी २९ वर्षीय युवकको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको निधन भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पनि न्यूमोनिया रोगबाट ग्रसित थिए ।

त्यसैगरी तनहूँको म्याग्दे गाउँपालिकाका ५१ वर्षीय पुरुषको कोरोनाबाट पोखरामा निधन भएको छ । उनको गण्डकी मेडिकल कलेजमा आज बिहान ९ः३० बजे निधन भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३८ जना पुगेको छ भने गण्डकीमा हालसम्म कूल संक्रमितको संख्या १० हजार ७९४ जना पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal