आज :

कोरोनाभाइरस संक्रमणबाट अमर होटलका संचालक शाक्यको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमणाक कारण होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको ज्यान गएको छ । कोरोना संक्रमण पुष्टिपछि उपचाररत शाक्यको शुक्रबार विहान निधन भएको हो ।

हानका सदस्य युवराज श्रेष्ठका अनुसार ७० वर्षीय शाक्यको उपचारका क्रममा चावहिलस्थित ॐ अस्पतालमा निधन भएको हो । दशैंमा शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । निमोनियाँ देखिएपछि शाक्य घरमै चिकित्सकको निगरानीमा रहेका थिए । शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् ।

विहीबार कोरोनाबाट थप १७ जनाको ज्यान गएको थियो । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ७५ बर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर १ गते प्रादेशिक अस्पताल जनकपुरधाम उपचार गर्न ल्याएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा मोक्तानको विहीबार दिउँसो १२ बजेर ४५ मिनेटमा उनको निधन भएको थियो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो । उनमा उच्च रक्तचाप र मुटुसम्बन्धी रोग पनि थियो ।

विहीबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय ७६ पुगेको थियो । त्यसैगरी आज थप २ हजार १०३ जना संक्रमित भएका थिए । विहीबार ९ हजार ८०५ नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । जसमा ८६४ महिला र १२३९ पुरुषमा संक्रमण पुष्टि भएको हो । विहीबार कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको थियो ।

विहीबार थप २ हजार ८५८ जना संक्रमणमुक्त भएका थिए । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको थियो । विहीबारसम्म देशभर २८ हजार १०६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको थियोव । उनीहरुमध्ये २५ हजार ३४७ जना होम आइसोलेसनमा छन् भने ३८० जनाको आईसीयू र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार विहीबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौंमा ९६५ जना, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal