आज :

आज छठ पर्वको मुख्या दिन, साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइँदै

काठमाडौं । आज छठ पर्वको मुख्य दिन । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएर मनाइँदैछ ।

चार दिनसम्म चल्ने छठ भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेर अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् भन्ने विश्वासका साथ ‘छठ पर्व’ मनाउने गरिन्छ । त्यस्तै, छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

विशेषगरी मिधिलाबासीले छठलाई विशेष रुपमा मनाउँदै आएका छन् । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । ऋण गरेरै भएपनि  छठ पर्व मनाउने गर्छन् ।

कोरोना भाइरस संक्रमण हुन सक्ने भएकोले सरकारले भिडभाड नगर्न र घरमै बसेर छठ मनाउन आग्रह गरेको छ । तराई-मधेसमा यस वर्ष विगतका जस्तो रमझम भएन ।

छठको अबसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal