आज :

कोरोनाका कारण वडाध्यक्षसहित थप १७ जनाको ज्यान गयो, २ हजार १०३ जना संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट वडाध्यक्षसहित थप १७ जनाको ज्यान गएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ७५ बर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर १ गते प्रादेशिक अस्पताल जनकपुरधाम उपचार गर्न ल्याएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा मोक्तानको विहीबार दिउँसो १२ बजेर ४५ मिनेटमा उनको निधन भएको थियो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो । उनमा उच्च रक्तचाप र मुटुसम्बन्धी रोग पनि थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार थप १७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय ७६ पुगेको छ ।

त्यसैगरी आज थप २ हजार १०३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार ८०५ नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । जसमा ८६४ महिला र १२३९ पुरुषमा संक्रमण पुष्टि भएको हो । आज पनि सबैभन्दा धेरै ९ सय ६५ जनामा कोरोना संक्रमण भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । आज देशभर २८ हजार १०६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये २५ हजार ३४७ जना होम आइसोलेसनमा छन् भने ३८० जनाको आईसीयू र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौंमा ९६५ जना, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी मोरङका १२८ जना, चितवनका ८०, सनसरीका ७९, कास्कीका ७६, रुपन्देहीका ५७, दाङका ३२, मकवानपुरका २३, बाँकेका २१, सप्तरीका २०, धनुषा, पर्सा र काभ्रेका १६/१६ जना, नुवाकोट र गोरखाका १४/१४ जना, बाग्लुङका १३, पाँचथर, नवलपुर, लमजुङ, गुल्मी र नवलपरासीका १२/१२ जना, तनहुँ र कविलवस्तुका ११/११ जना तथा सिराहा, स्याङ्जा र पाल्पाका १०/१० जना, संखुवासभा, धादिङ, सिन्धुपाल्चोक र बझाङका ९÷९ जना, बर्दियाका ६, सर्लाही र कैलालीका ५÷५ जना, उदपयपुर, महोत्तरी, मुस्ताङ, अर्घाखाँची, दैलेख र डडेलधुराका ४/४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, बारा, रौतहट, सिन्धुली र कञ्चनपुरमा ३/३ जना, इलाम, ओखलढुंगा, रसुवा, पर्वत, रुकुम पश्चिम र दार्चुलाका २/२ जना, खोटाङ, भोजपुर, दोलखा, रामेछाप र बैतडीका १/१ जनामा संक्रमण संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal