आज :

कोरोनाबाट थप १ हजार ४४२ जना संक्रमित, १२ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ७३१ नमूना परीक्षण गर्दा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थप भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

त्यसैगरी बुधबार थप १२ जनाको कोरोना भाइरस संक्रमणाट ज्यान गएको छ । योसँगै नेपालमा अब कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal