आज :

(नेकपा) फुटको नजिक,ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद झन बढ्ने देखिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

कात्तिक २८ गते नै आज (बुधबार) १ बजे सचिवालय बैठक बस्ने मिति तय भएको थियो । बुधबार विहान ओलीले २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सुरुमा १ बजे भनिएको मन्त्रिपरिषद् बैठक २ बजे सारिएको हो ।

मंगलबार सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता लिने वा बैठक सार्न ओलीले प्रचण्डलाई प्रस्ताव पठाएका थिए । तर, प्रचण्डले अस्वीकार गरेका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डा‍री लगाएर प्रचण्डलाई मनाउने ओलीको प्रयास असफल भएको थियो ।

प्रचण्ड-नेता माधव कुमार नेपाल समूहले जसरी पनि बैठक बसेरै छोड्न अडान लिएपछि उपस्थित नहुन ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको छ । ओलीको पक्षमा भएका तीनै जना सचिवालय सदस्य रामबहारद थापा ‘बादल’, इश्वर पोखरेल र महासचिव विष्णु पौडेल  मन्त्री भएकोले मन्त्रिपरिषद् बैठकमा जानुपर्ने हुन्छ ।

आजको बैठकमा ओली सहभागी नभएपनि बादलले उपस्थित हुने बताएका थिए । केही नेताहरुले ओलीले बादललाई रोक्न मन्त्रिपरिषद् बैठक बोलाएको बताएका छन् । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र विहीबार बस्दै आएपनि सचिवालय बैठक लगत्तै ओलीले सम्भावित कदम चाल्न मन्त्रिपरिषद् बैठक बोलाइएको बताइन्छ ।

यसैबीच दुबै समूहका अडानका कारण पार्टी विभाजन हुने चिन्ता बढेको छ । स्थायी समिति सदस्य भीम रावलले फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि नलागौं भनेर अपिल गरेका छन् । रावलले बुधबार विहान सामाजिक सञ्जाल ट्विटरमार्फत पार्टी एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान भएको बताएका छन् । उनले बैठकबाट समस्याको समाधान खोज्नुपर्ने बताउँदै फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलाग्न समेत ‍आग्रह गरेका छन् ।

त्यस्तै पर्यटनमन्त्रीसमेत रहेका नेता योगेश भट्टराईले ‘सर्वाधिक कठिन समय’ भएको बताएका छन् । उनले पनि सामाजिक संजालमार्फत सो कुरा उल्लेख गरेका हुन् ।‍

प्रचण्डको अडान, ओलीको कदम र नेताहरुको चिन्तालाई हेर्दा (नेकपा) फुटको नजिक पुगेको पुष्टि हुन्छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal