आज :

केपी-प्रचण्डलाई मिलाउन चिनियाँ राजदूत यान्छी फेरि सक्रिय, ओलीसँग पहिलो भेट 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेको बेला चिनियाँ राजदूत हाउ यान्छी सक्रिय भएकी छन् । यसअघि फुटको डिलमा पुगेको बेला यान्छीले दुबै अध्यक्ष र अन्य नेताहरुसँग भेटेर मिलाएकी थिइन् ।

आज फेरि बस्ने सचिवालय बैठक के हुने भन्नेबारे अन्यौल भएको बेला यान्छीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको बताइएको छ । स्रोतहरुका अनुसार मंगलबार साँझ यान्छीले ओलीलाई भेटेकी हुन् । ओली र यान्छीबीच करिब डेढ घण्टा कुराकानी भएको बताइएको छ ।

आजै अर्का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तयारी रहेको बताइएको  छ । तर प्रचण्डले बैठक भन्दा अघि भेट्न नचाहेको बताइएको छ । चीनले (नेकपा) विभाजन नहोस् भन्ने चाहेका कारण विवाद उत्कर्षमा पुग्दा चिनियाँ नेतृत्व सक्रिय हुँदै आएको थियो । राजदूत यान्छी गत बैशाख र असारमा विवाद उत्कर्षमा पुग्दा सक्रिय भएकी थिइन् ।

यसअघि एकपटक चिनियाँ राष्ट्रपति सी चिनफिङले समकक्षी विद्यादेवी भण्डारीसँग लामो टेलिफोन वार्ता गरेर (नेकपा) फुट्नबाट रोक्न भण्डारीलाई सुझाव दिएका थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली र प्रचण्डलाई भेट्न बोलाएर सीको सन्देश सुनाएकी थिइन् । सीले फुट्ने बेला नभएर जुटेर कोरोनाविरुद्ध लड्ने बेला भएको बताएका थिए ।

(नेकपा) विवाद मिलाउन राष्ट्रपति भण्डारी आफै सक्रिय हुँदै आएकी छन् । बैठक सार्न ओलीको प्रस्ताव अस्वीकार गरेपछि मंगलबार साँझ प्रचण्डलाई शिलतनिवासमै बोलाएर मिलेर जान भनेकी थिइन् ।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal