आज :

बैठक बस्नुअघि प्रचण्ड राष्ट्रपतिलाई भेट्न किन गए ?

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । भोलि पार्टीको सचिवालय बैठक बस्दैछ, मंगलबार साँझ प्रचण्ड शितल निवास जानेलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आज दिनभर दुबै पक्ष भोलिको बैठकलाई लिएर दौडधुप चलिरहेको थियो । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको प्रधानमन्त्री ओली, महासचिव बिष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितको बैठक पनि साँझसम्म चलेको थयो ।

प्रस्ताव फिर्ता वा बैठक सार्न गरेक अस्वीकार गरेका थिए । भोलिको बैठकमा कसरी पेश हुने भन्नेमा छलफल गर्न ओली समूहको बैठक बसेको हो ।

स्रोतका अनुसार प्रचण्डलाई राष्ट्रपति भण्डारीले भेट्न बोलाएपछि शितल निवास पुगेको बताइएको छ । बैठक सार्ने प्रस्ताव अस्वीकार गरेपछि ओलीले राष्ट्रपतिलाई गुहार गरेको र त्यही विषयमा छलफल गर्न भण्डारीले बोलाएको स्रोतको दाबी छ । भोलिको बैठकबारे छलफल गर्न प्रचण्डलाई बोलाइएको बताइएको छ ।

दिउँसो महासचिव विष्णु पौडेलले प्रचण्डलाई भेटेर ओलीको सन्देश सुनाएका थिए । ओलीले राजनीतिक प्रस्ताव फिर्ता लिनु पर्ने नभए बैठक सार्न प्रस्ताव गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पौडेलले ओलीको सन्देश सुनाएका थिए । जवाफमा प्रचण्डले दुबै कुरा असम्भव भएको जवाफ पठाएका थिए।

प्रचण्डले प्रस्ताव अस्वीकार गरेपछि ओलीले महासचिव पौडेल र सचिवालय सदस्य इश्वार पोखरेलसँग छलफल गरेका थिए ।

ओली समूह नआएपनि प्रचण्ड बैठक चलाउने संकेत गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पछि हटेका छन् । उनले अन्तिम प्रस्तावको रुपमा सहमतिमा बैठक गर्नुपर्ने बताएका छन् । ओलीले आफू पनि बैठक गर्न पक्षमा रहेको तर सहमितमा बैठक बस्नु पर्ने बताएका छन् ।

  • फाइल फोटो

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal