आज :

कोरोना भाइरस संक्रमणबाट थप १७ जनाको ज्यान गयो, ५०२ जना संक्रमित

काठमाडौं । कोरोना भाइरस थप १७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार गएको बितेको २४ घण्टामा देशका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट १ हजार २ सय ४७ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी आज थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिहारसँगै पीसीआर परीक्षणकमा कमी आएसँगै संक्रमित पनि घटेका हुन् । मंगलबार देशभर ३ हजार ११२ जनाको स्वाब मात्रै परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

त्यस्तै, थप २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । १ लाख ७९ हजार २४२ जनाले कोरोना जितर सामान्य जीवनमा फर्किएका छन् । कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

‍संक्रमित घटेसँगै सक्रिय संक्रमित पनि घटेका छन् । मंगलबार देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा संक्रमण दर घटेको छैन  । मंगलबार देशभर ५०२ जना संक्रमित हुँदा काठमाडौं उपत्यकामा ३३९ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal