आज :

कोरोनाभाइरसबाट थप १ हजार १९७ जना संक्रमित, २ हजार ९४३ डिस्चार्ज

काठमाडौं । कोरोनाभाइरसबाट थप १ हजार १ सय ९७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

सोमबार थपसहित कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । संक्रमितमध्ये १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र २ हजार ९ सय ४३ जना क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । सोमबारसम्म देशभर ३३ हजार ३७९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी देशभर ९ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २३० पुगेको छ ।

सबैभन्दा काठमाडौं उपत्यकामा संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार सोमबार थप ५०१ सहित कोरोनाभाइरसबाट काठमाडौं उपत्यकामा ९७ हजार १५९ जनामा संक्रमित भइसकेका छन् । जसमा काठमाडौंमा ७८ हजार ६५०, भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार ३७९ जना रहेका छन् ।

त्यसैगरी निको हुनेको संख्या पनि काठमाडौंमै धेरै छ । काठमाडौंमा ६४ हजार ७०, भक्तपुरमा ५ हजार ८६६ र ललितपुरमा ९ हजार ८९ जना निको भएर डिस्चार्ज भएका छन् । सोमबारसम्म काठमाडौंमा १४ हजार २७९, भक्तपुरमा १ हजार १८८ र ललितपुरमा २ हजार २०४ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाबाट ज्यान गुमाउने पनि सबैभन्दा धेरै काठमाडौंमै छन् । विभिन्न समयमा काठमाडौंमा ३०१ कोरोना संक्रमितको ज्यान गइसकेको छ । त्यस्तै, भक्तपुरमा ७६ र ललितपुरमा ८६ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार सोमबारसम्म १ हजार १३ जना क्वारेन्टिनमा रहेका छन् भने संक्रमितमध्ये २८ हजार ३६० जना होम आइसोलेशनमा रहेका छन् ।

सोमबार मनाङ जिल्ला मात्रै कोरोना भाइरस संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal