आज :

निर्णय नमाने केपी ओलीलाई पार्टीले कारवाही गर्छः दीपशिखा

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमाने कारवाही हुने बताएका छन् ।

पार्टीको राष्ट्रिय युवा संघ नेपालका संयोजक समेत रहेका दीपशिखाले सोमबार एक अन्तरवार्ताको क्रममा अध्यक्ष प्रचण्डले सचिवालय सबैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन पार्टीका सबै निकायमा अत्याधिक मतले पारित हुने बताउँदै उक्त निर्णय अध्यक्ष ओलीले मान्नु पर्ने बताए । पार्टीको निर्णय नमाने ओलीलाई कावारही हुने समेत दीपशिाखले बताए ।

“कमरेड प्रचण्डले राखेको राजनीतिक प्रस्ताव पारित हुन्छ । पार्टीभित्रको अत्याधिक मतले पारित हुन्छ । सचिवालय, स्थायी समिति, केन्द्रीय समितिमा पारित हुन्छ । पारित भएको निर्णय कमरेड केपी ओलीले मान्नुपर्छ । यदि मान्नुभएन भने उहाँमाथि पार्टीले कारवाही गर्छ” दीपशिखाले भने । उनले पार्टीभित्र को नेता कता भन्ने प्राविधिक विषय भएको बताउँदै प्रचण्डको प्रस्ताव अस्वीकार गर्न ओलीलाई चुनौती समेत दिए ।

प्रचण्डले सचिवालयमा पेश गरेको प्रतिवेदन इकाई र सेल कमिटीसम्म जाने दिपशिखाले दाबी गरे । उनले पार्टीभित्र सबै सदस्यका मतको सम्मान गरिनुपर्ने बताउँदै कुनैपनि नेताले ल्याएको प्रस्तावमाथि छलफल हुनुपर्ने बताए ।

अन्तरवार्ताको क्रममा दिपशिखाले ७० करोड भ्रष्टाचार काण्डमा मुछिएका पूर्वमन्त्री तथा पार्टीका नेता गोकुल बास्कोटालाई बोल्ने अधिकार नभएको समेत बताए । आरोपको अन्तिम फैसला नभएसम्म बोल्ने अधिकार नभएको भन्दै बास्कोटाको भनाईबारे कुनै टिप्पणी नगर्ने बताए ।

ओली एक नम्बर अध्यक्ष नभएको बताउँदै दीपशिखाले दुबै अध्यक्ष बराबरी भएको बताए । उनले “(नेकपा)मा अध्यक्षको नम्बर छैन । कोही पनि एक नम्बर छैन, (नेकपा)को विधानले त्यसो भन्दैन । कुन परीक्षा दिएर केपी कमरेड एक नम्बर हुनुभयो ? एक नम्बर र दुई नम्बर भन्ने को हो ? किन भनियो ? हेपिएको हो ? दुबै जना अध्यक्ष हो ।

ओलीको मन जे लाग्छ, त्यही भन्नै जाने अराजकतावादी भएको भन्दै दिपशिखाले भने, “म उहाँहरु (ओली, इश्वर पोखरेल…) जस्तो कु तर्क र अराजक तर्क के गर्दिन भने प्रचण्ड कार्यकारी अध्यक्ष भइसकेपछि ओली सेरेमोनियल हो म भन्दिन ।”  उनले घुमाउरो भाषामा ओली सेरेमोनियल अध्यक्ष भएको समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal