आज :

थप १ हजार ४७७ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या दोब्बर

काठमाडौं । नेपालमा थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण घटेको छ । नेपाल परीक्षण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा  ६ हजार ४७६ जनाको मात्रै परीक्षण  गएको छ । तिहारका कारण नीजि प्रयोगशालाले थोरै मात्रै परीक्षण गरेका छन् ।

आइतबार नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । त्यस्तै आज कोरोना संक्रमित भन्दा नकिो हुनेको संख्या निको हुनेको संख्या झण्डै दोब्बर पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आज थप २ हजार ७९८ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको १ लाख ७३ हजार ४३० पुगेको छ । त्यसैगरी आइतबार देशभर ३५ हजार १२५ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २२१ जना पुगेका छन् । आज थप ६ जनाको ज्यान गएको छ ।

स्वा मन्त्रालयले दिएको जानकारीअनुसार आज पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा देखिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा काठमाडौंमा नयाँ संक्रमित भपिएका छन् । मन्त्रलयका अनुसार काठमाडौं जिल्लामा ६३२, ललितपुरमा १३३, रुपन्देहीमा ९१, दाङमा ६४, नुवाकोटमा ४४, भक्तपुरमा ४२, कास्कीमा ३९, चितवनमा ३६, कैलालीमा ३३ र मोरङमा ३१ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै बाँकेमा २८, सुनसरीमा २६, झापा, गुल्मी र पाल्पामा २२/२२, कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्युठानमा १०, धादिङमा ९, ताप्लेजुङ र नवलपरासी पूर्वमा ८/८, तेह्रथुममा ७ र धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

इलाम, सिराहा, दोलखा र मकवानपुरमा ५/५, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुपाल्चोक, गोरखा र अर्घाखाँचीमा ४/४, बारा, रसुवा, स्याङ्जा र अछाममा ३/३ जना, भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा २/२ र उदयपुर र ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा १/१ जनामा संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal