आज :

विश्वमै सबैभन्दा बढी समय ५४ वर्षसम्म प्रधानमन्त्री भएका शेख खलिफाको निधन

काठमाडौं । बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका खलिफाको बुधबार ८४ वर्षको उमेरमा निधन भएको हो ।

बहराइनको सरकारी समाचार संस्था बहराइन न्यूज एजेन्सीका अनुसार खलिफाको उपचारको क्रममा अमेरिकामा निधन भएको छ। सन् १९७१ देखि निरन्तर प्रधानमन्त्री पदमा रहेका खलिफाले ५४ वर्ष सरकार चलाए । मर्ने बेलासम्म पनि प्रधानमन्त्रीकै हैसियतमा मरे ।

अमेरिकाको मायो क्लिनिक अस्पतालमा खलिफाको निधन भएको सरकारी संचारमाध्यमले बताएका छन् । मृ.त्युको कारणबारे खुलाइएको छैन ।

बहराइनका राजा शेख हमाद बिन इसा अल खालिफाले एक हप्ताको औपचारिक शोकको घोषणा गरेका छन् । शेखको पार्थिव शरीर बहराइन ल्याएपछि सीमित व्यक्तिहरुबीच अन्तिम संस्कार गर्ने कार्यक्रम रहेकोसमेत दरबारले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal