
काठमाडौं । नेपालमा कोरोना भाइसरका बिरामी २ लाख नजिक पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अब संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।संक्रमितमध्ये १ हजार ५९ महिला र १ हजार ६७७ पुरुष रहेका छन् ।
यो हप्तामा कोरोनामुक्त हुनेको संख्या घटेको छ । निको हुनेको संख्या घटेसँगै सक्रिय संक्रमित बढेका छन् । मंगलबार ८ सय ५३ जना मात्रै निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ भएका छन् । देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज थप २२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १४८ पुगेको छ ।