काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद झन् चर्किने देखिएको छ । पार्टीका कार्यकारी प्रचण्डले फेरि सचिवालयको बैठक बोलाएका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रचण्डले मंगलबार ४ बजे बैठक बोलाएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक अनौपचारिक हुने बताइएको छ । प्रवक्ता श्रेष्ठले अनौपचारिक छलफलका लागि सचिवालय सदस्यहरुलाई बोलाइएका छन् ।
यसअघिको पाँच जनाको अनौपचारिक बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठक बोलाउन लिखित पत्र बुझाएका थिए । शनिबार बुझाएको उक्त पत्रको ओलीले कुनै सुनुवाइ नगरेपछि प्रचण्ड मंगलबार पुनः अर्को बैठक बोलाएका हुन् । ओलीलाई सोमबारसम्म बैठक बोलाउन आग्रह गरिएको थियो ।
सचिवालयको बैठक बोलाएर प्रचण्ड बालुवाटार पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । यदि ओलीले भेटेमा प्रचण्डल बालुवाटारबाट सिधै धुमुबाराही जानेछन् ।
आज विहानमात्रै ओलीले महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई खुमलटार पठाएका थिए । आजै पूर्व संचारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीलाई पार्टीले कारवाही गर्न लागेको संकेत गरेका थिए ।