आज :

कोरोनाबाट थप २ हजार ५७१ जना संक्रमित, निको हुनेको संख्या फेरि घट्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २ हजार ५ बढी जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको  छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

त्यसैगरी सोमबार थप १८ जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट १ हजार १ सय २६ जनाको ज्यान गएको छ ।

केही दिनदेखि संक्रमित भन्दा निको हुनेको संख्या बढी हुँदै गएको थियो तर सोमबार संक्रमित भन्दा निको हुनेको संख्यामा कमी आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र १ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ ।

देशभर ३६ हजार १७४ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये २९ हजार ८३६ जना होम आइसोलेसनका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको आईसीयू र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा पनि सबैभन्दा बढी काठमाडौंमा कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ संक्रमित थपिएका छन् । जसमा काठमाडौंका १ हजार १ सय ३६, ललितपुरका २०१ र भक्तपुरका ९१ जना छन् ।

यस्तै कास्कीका १५१ जना, मोरङका १४८, सुनसरीका ९१, रुपन्देहीका ८५, कैलालीका ६६, काभ्रेका ४७, दोलखा र मकवानपुरका ४२/४२ जना, कपिलवस्तुका २९, चितवनका २८, कञ्चनपुरका २५, पाल्पाका २४, तनहुँका १८, स्याङ्जाका १७, डडेलधुराका १५, गोरखा र दैलेखका १३/१३ जना, उदयपुर र धनुषाका १२/१२ जना, सिराहा, नवलपुर, दाङ र दार्चुलाका ११/११ जना तथा पर्सा, डोटी र बाजुराका १०/१० जना, सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी, अछाम र बैतडीका ९/९ जना, नुवाकोट र बाँकेका ८/८ जना, महोत्तरीका ७, सर्लाहीका ६, इलाम, पाँचथर, रौतहट, धादिङ, रामेछाप, सिन्धुली, जुम्लाका ५/५ जना, धनकुटा र गुल्मीका ४/४ जना, ओखलढुंगा, संखुवासभा, बारा, पर्वत र बर्दियाका ३/३ जनामा कोरोना संक्रमण भएको छ ।

त्यसैगरी खोटाङ, भोजपुर, लमजुङ, प्युठान र सुर्खेतका २/२ जना तथा तेह्रथुम, रसुवा, म्याग्दी र अर्घाखाँचीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal