आज :

(नेकपा) भित्र ओली समूह सक्रियः काठमाडौंमा भेला, बालुवाटारमा नेपाल समूहसँग बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पूर्वएमाले समूह सक्रिय बनाइएको छ । पूर्वका कार्यकर्ताको जुम मिटिङ गरेको एक हप्ता नपुग्दै काठमाडौँमा भेला सम्पन्न भएको छ । पूर्वका कार्यकर्तालाई अध्यक्ष तथा प्रधानमन्त्रीले जुम सम्बोधन गर्दै जबजबारे बहस अगाडि बढाउन निर्देशन दिएर पार्टी एकता विरोधी गतिविधि गरेको आरोप लागिरहेको बेला काठमाडौँमा पनि भेला आयोजना गरियो ।

शनिबार काठमाडौंका अध्यक्ष कृष्ण राईकै संयोजनामा पूर्वएमाले नेताहरुको भेला सम्पन्न भएको छ । भेलामा काठमाडौँमा कार्यरत ओली पक्षीय पूर्वएमालेका नेताहरु सहभागी भएको थिए । उक्त भेलालाई सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए ।
पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएको अध्यक्ष राईले संचारकर्मीसँग बताएका छन् । भेलामा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पूर्वएमालेहरुलाई एकजुट बनाउन खोजेका छन् । त्यसमा नेता नेपाल पक्षलाई पनि सहमत गराउने प्रयास गरिरहेका छन् । नेता नेपाल र ओलीलाई मिलाउन पूर्वएमालेका नेताहरुले दौडधुप जारी राखेका छन् । केही दिन पहिला आफ्ना सल्लाहकारको टोली नेता प्रदिप नेपालको घरमा पठाएका थिए । टोलीले नेता नेपाल र ओलीलाई मिलाइदिन आग्रह गरेका थिए ।

यसबैची ओलीले पूर्वएमालेका चार जना प्रभावशाली नेताहरुलाई आइतबार बालुवाटार बोलाएर छलफल गरेका छन् । छलफलमा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए । उनीहरु सबै नेपाल समूहकै हुन् ।

अध्यक्ष प्रचण्डसहित सचिवालय समितिका ५ जना सदस्यले बैठक बोलाउन लिखित पत्र दिएपछि ओलीले सक्रियता बढाएका छन् । शनिबार साँझ एक अन्तरवार्तामा ओलीले पार्टीलाई फुट्न नदिने बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal