आज :

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो, थप २ हजार ८१७ नयाँ संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप २१ जनाको ज्यान गएको छ । योसँगै नेपालम कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।

त्यसैगरी बितेको २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । जसमध्ये १ लाख ५७ हजार ९२६ निको भएका छन् । मन्त्रालयका अनुसार आइतबार थप २ हजार ८ सय १२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आइतबार देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रिमतका छन् । मनाङ र बाजुरा जिल्ला कोरोनामुक्त भएका छन् । अहिले त्यहाँ एकजना पनि सक्रिय संक्रमित छैनन् ।

आइतबार सबैभन्दा बढी संक्रमित काठमाडौंमा भेटिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal