आज :

शुक्रबार थप ४ हजार ५ सय कोरोनामुक्त, मृतकको संख्या १ हजार ७० पुग्यो 

काठमाडौं । शुक्रबार थप ४ हजार ५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनामुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । अब ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी आज थप २ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

त्यसैगरी आज थप १८जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १ हजार ७० जना पुगेको छ ।

आज पनि करिब आधा काठमाडौं उपत्यकै छन् । मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३८ जनामा कोरोना संक्रमित भएका छन् । जसमा सबैभन्दा धेरै काठमाडौंमा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना भेटिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं पछि कास्कीमा सबैभन्दा धेरै १ सय २९ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, मोरङमा १२७ जना, चितवनमा १२६, दाङमा ११४, सुनसरीमा ९५, नवलपरासी पूर्वमा ९१, झापामा ७९, कैलालीमा ७६, काभ्रे र रुपन्देहीमा ७०/७०, मकवानपुरमा ६३, सुर्खेतमा ५५, तनहुँमा ३७, सिराहामा ३१ जना, धनुषामा २९, बाँकेमा २८, गुल्मी र बर्दियामा २०/२०, धादिङ र सिन्धुपाल्चोकमा १९/१९, पाल्पामा १८, स्याङ्जामा १६, पर्सा, गोरखा र बागलुङमा १४/१४, रौतहट र नुवाकोटमा १३/१३, दोलखा र नवलपरासीमा १२/१२ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी सप्तरीमा ११, महोत्तरी र कपिलवस्तुमा १०/१० जना, दैलेखमा ९, अर्घाखाँचीमा ८, पर्सा र डडेल्धुरामा ७/७, तेह्रथुममा ६, इलाम, उदयपुर, सर्लाही, लमजुङ र प्युठानमा ५/५, ओखलढुंगा, धनकुटा, भोजपुर, बारा, रोल्पा, कञ्चनपुर, डोटीमा ४/४ जना, रुकुम पश्चिम, सल्यान र बझाङमा ३/३ जना, खोटाङ, ताप्लेजुङ, रामेछाप, म्याग्दी र अछाममा २/२ जना, सिन्धुली, रुकुम पूर्व, कालीकोट, डोल्पा;, दार्चुला, बाजुरा र बैतडीमा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal