आज :

उपत्यकामा १३९८ सहित थप ३ हजार ५१ जना कोरोना संक्रमित, मृतकको संख्या १ हजार ५२ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३९८ जनासहित थप ३ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार थप भएसँगै कुल संक्रमित संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै काठमाडौं उपत्यकामध्ये कायस्तै बितेको २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।

आज पनि काठमाडौंका उपत्यकामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । विहीबार थप ६०१ महिला र ७९७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।काठमाडौंमा हालसम्म संक्रमितको संख्या ६८ हजार ४४९ पुगेको छ भने निको हुनेको संख्या ५१ हजार ८५९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै भक्तपुरमा हालसम्म ६ हजार २३२ जनामा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ४ हजार ९१५ रहेको छ । यस्तै ललितपुरमा कुल ९ हजार ६६३ संक्रमितमध्ये ७ हजार ३२२ जना निको भएका छन् ।

विहीबार थप ३ हजार ४३० जना कोरोनामुक्त भएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टा देशभर थप १८ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट १ हजार ५२ पुगेको छ ।

मन्त्रालयका अनुसार २ जिल्ला कोरोनामुक्त भएका छन् । मनाङ र बाजुरामा सक्रिय संक्रमित छैनन् । विहीबार देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal