आज :

अमेरिकाको नयाँ राष्ट्रपति बाइडन बन्ने पक्का, अदालत जाने ट्रम्पको धम्की

काठमाडौँ । अमेरिकाको नयाँ राष्ट्रपति जो बाइडेन हुने पक्का भएको छ । यो समाचार तयार पार्दासम्म बाइडेनले आवश्यक पर्ने २७० मध्ये २६४ इलोक्टोरल भोट प्राप्त गरिसकेका छन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २१४ भन्दा अगाडि बढ्न नसकेको सीएनएनले जनाएको छ । स्थानीय संचारमाध्यमहरुले पनि डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाइडन जित नजिक पुगेको बताएका छन् ।

राति मत गणना भएको विस्कन्सिन र मिसिगनमा जित हातेसँगै बाइडनको जित पक्का भएको थियो । अब निर्णायक मानिएको पेन्सेल्भेनियामा बाइडनले मतान्तर कम गर्दै लगेका छन् । मत गणना भइरहेका एरिजोना र नेभाडामा बाइडन अगाडि छन् । जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि छन् । अलास्कामा पनि ट्रम्प नै अग्रस्थानमा छन् । यतिको अग्रताले ट्रम्पलाई जितमा पुर्याउन नसक्ने पक्का भएको छ ।
हिजोसम्म चुनाव जितेको घोषणा गर्दै हिडेका ट्रम्प अहिले भने हार हुने निश्चित भएपछि अदालत जाने धक्मी दिन थालिसकेका छन् । उनले पुनः मतगणना गर्नुपर्ने बताउन थालेका छन् ।

अब बाइडनले अग्रता लिएका एरिजोनाका ११ र नेभाडाका ६ गरी १७ सिट जिते जित हुने भएको छ ।

ट्रम्पले मतगणनामा डेमोक्र्याटिक पक्षले झुक्याएको आरोप लगाएका छन् । आफ्नो हातमा राज्यका सबै संरचना बनाएकै बेला आफैले चुनाव गराएको बेला ट्रम्पको आरोपमा तुक नभएको बताइएको छ । उनले आफूले हार व्यहोरेको मिसिगनमा हुलाकमा मतगणना स्थगित गरी छानबिन गर्न पनि माग राखेका छन् ।

त्यसैगरी बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् । महत्त्वपूर्ण परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् ।

मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने, “जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ ।”उनले आफ्ना मतदाता सबैले अमेरिकीको राष्ट्रपतिको रुपमा जितेको बताउँदै खुशी बाडिरहेका छन् । उनले भने, “हामी जितेमा राता र नीला राज्यहरू हुनेछैनन्, मात्र संयुक्त राज्य अमेरिका हुनेछ ।”

बाइडनको चुनावी प्रचार समूहले राष्ट्रपतिको अभिव्यक्ति “अपमानजनक“ भएको भन्दै मतगणना नरोकिने जनाएको छ भने ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन पेन्सल्भेनिया र जोर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ ।

अन्तर्राष्ट्रिय पर्यवेक्षणहरूले चाहिँ चुनावमा धाँधली भएको नदेखिएको बताएका छन् । अर्गनाइजेशन फर सेक्युरिटी एन्ड कोअपरेशन इन युरोप नामक संस्थाले ट्रम्पको चुनावी अभियान समूहका आरोपहरूलाई “आधारहीन” भन्दै त्यसले “लोकतान्त्रिक संस्थाप्रतिको विश्वासमा आघात पु¥याएको” जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal