आज :

कोरोना संक्रमणका कारण सीता महरासहित थप ३० जनाको ज्यान गयो, संक्रमितको संख्या १ लाख ८३ हजार नजिक

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप ३० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्कासहित देशभर गरी थप ३० जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको  छ । आज ज्यान गुमाउनेमा पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराकी पत्नी सीता महरा पनि छन् ।

त्यसैगर बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमित १ लाख ८३ हजार नजिक पुगेको छ । मन्त्रालयका अनुसार बुधबार नयाँ थपिएसँगै कुल संक्रमित १ लाख ८२ हजार ९२३ पुगेको छ ।

पछिल्ला केही दिनदेखि संक्रमित भन्दा निको हुनेको संख्या थोरैले भएपनि बढिरहेको छ । बुधबार थप ३ हजार ८ सय ४४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा १ लाख ४४ हजार ९७९ जनाले कोरोना जितेका छन् । अब देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभर १ हजार ३०५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal